नेपाल इन्फ्रास्ट्रक्चरको आई.पी.ओ.बाँडफाड मिति तोकियो,कसलाई कति पर्ला छिटो हेर्नुस्
१२,माघ–काठमाण्डौं । अहिले पछिल्लो समय शेयर बजारमा धेरैको चासो र रुची बढन थालेका छन् । यो सँगै अहिले सम्मकै सबै भन्दा ठूलो रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले साधारण शेयर अर्थात आई.पी.ओ. माग गरेको थियो । यसमा निश्चित नै पर्छ भनेर धेरैले आवेदन पनि दिए ।
यसमा जम्मा १५ लाख,५० हजार ९० जनाले आवेदन दिएको कम्पनीले जानकारी दिएका छन् । तर अब यसको नतिजा कहिले आउला भनेर धेरैको मनमा खुलदुली लागी सकेको छ ।
माग भन्दा बढी आवेदन परे पनि केही आवेदनहरु विभिन्न प्राविधिक गडबढीका कारण रद्द गरिएको छ । यो सँगै ४० कित्ता वा सो भन्दा कम आवेदन दिनेले माग अनुसार नै शेयर पाउने कम्पनीले जनाएको छ ।
त्यो भन्दा बढी संख्याको आवेदन दिनेलाई गोलो प्रथाको माध्यमबाट शेयर वितरण गरिने भएको छ । यसको नतिजा अर्थात यो आई.पी.ओ. बाँडफाडको मिति आगामी शुक्रबार हुने कम्पनीले जनाएको छ ।