Logo

चन्द्रगिरी हिल्सको आइपीओ यो हप्ता बाडफाड हुने


५,माघ–काठमाण्डौं । इतिहासकै सबैभन्दा बढी आवेदन परेको चन्द्रगिरी हिल्सको आइपीओ यो हप्ता बाडफाड हुने भएको छ । गत पौष २४ गते देखि २८ गते सम्म सर्वसाधारणका लागि खुला गरिएको चन्द्रागिरी हिल्स को आईपिओको खुल्ला गरिएको थियो । यो साताभित्र आइपीओ बाडफाड गर्ने कम्पनीले जनाएको छ ।

नेपालको इतिहासमै सबैभन्दा बढि आवेदन परेको उत्त कम्पनीको आईपिओमा १२ लाख ५१ हजार ९३८ जनाको आवेदन दिएका छन् । यति धेरै आइपीओ परेको धित्तोपत्र बाडफाड कहिले हुन्छ भन्ने विषय अहिले आम लगानीकर्ताको चासोको बिषय बनेको छ । कम्पनीले जम्मा १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न गरेको छ । कम्पनीको आईपिओमा आवेदन दिनेमध्य ८८ प्रतिशत भन्दा बढि लगानीकर्ताहरुको हात खालि हुने निष्चित भएको छ ।

कम्पनीको सेयर कम्तीमा १० कित्ता प्रतिव्यत्ति लाइ वितरण गर्दा उत्त कम्पनीको आईपिओ १ लाख ३९ हजार ६ सय २ जना भाग्यमानी लगानीकर्ताहरुले मात्र पाउनेछन् । बाँकी २ कित्ता १० कित्ता भन्दा बढि आवेदन दिनेहरुमध्य बाट गोलाप्रथाद्धारा दुई जनामा वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्