Logo

इन्फास्ट्रक्चर बैंकको आईपीओमा दुई दिनमा नै ८ लाख बढीको आवेदन,मंगलबार बन्द हुने पक्का


४,माघ–काठमाण्डौं । अहिले सम्मकै सबै भन्दा ठूलो भनिएको इन्फास्ट्रक्चर बैंकको आईपीओमा आईतबार सम्म ८ लाख बढीको आवेदन परेको छ । माघ २ गतेबाट खुलेको यो आईपीओ आगामी मंगलबार सम्ममा नै बन्द हुने निश्चत देखिएको छ ।  कूल ८ अर्बका लागि खुलाइएको सेयरमध्ये सम्पूर्ण कित्ता माग भएपछि मंगलबारको तय गरिएको तोकिएको सुरु मितिमै निष्काशन बन्द हुने निश्चित भएको हो ।

मंगलबारसम्म ८ अर्बको ‘ख’ आवेदन नपरेको भए समय थप गरिन्थ्यो । मंगलबार अपराह्नसम्म आइतबार अपराह्नसम्मका आवेदकको संख्या ८ लाख भन्दा माथि पुगेको छ । बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलका अनुसार दिउँसो साढे ४ बजेसम्म कूल ८ लाख २ हजार जनाले करिब १० अर्ब रुपैयाँ बराबरको आईपीओको माग परेको छ ।

बैंकको आईपीओ खुलेको आज तेस्रो दिन हो । शनिबार बैंक बन्द भए पनि मेरो शेयरमार्फत् आवेदनलाई खुला नै राखिएको थियो । अहिले शेयरबजारमा सबैको चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्