पार्टीमा देखिएको विबाद समाधानका लागि गठित कार्यदलको प्रतिवेदन शनिबार बुझाउने, अब ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने

कलाखबर संवाददाता,९ भदौं–काठमाण्डौं । पार्टीमा देखिएको विवाद समाधानका लागि गठित कार्यदलको प्रतिवेदन १३ गते ९शनिबार० सचिवालयमा छलफल हुने भएको छ। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बिहान भएको छलफलमा शनिबार बिहान ११ बजे बस्ने सचिवालय बैठक बोलाउने र कार्यदलको प्रतिवेदन पेश गर्ने सहमति भएको हो।
गत शनिबार महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदले बुझाएको प्रतिवेदनमाथि आज मंगलबार बिहान दुई अध्यक्षबीच बालुवाटारमा दुई घण्टा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।
सचिवालयले पारित गरेर कार्यदलको प्रतिवेदन स्थायी कमिटिमा छलफल हुने महासचिव पौडेलले बताएका छन्। अध्यक्षद्वयलाई प्रतिवेदन बुझाउँदै कार्यदलका सदस्यहरु। दुई महिनादेखि नेकपााभित्र देखिएको विवाद समाधान लागि सुझाव दिन गठित कार्यदलले ओली सरकारका कामकारबाहीमा केन्द्रित हुने र दाहालले कार्यकारी अध्यक्षका रुपमा पार्टी सञ्चालन गर्न सुझाव दिएको छ। ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने अडान प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राखिरहेका बेला कार्यदलले ओलीले कुनै पनि पदबाट राजीनामा दिनु नपर्ने सहमित जुटाएको छ।
कार्यदलले पूर्व निर्धारित चैत अन्तिम हप्ता पार्टीको एकता महाधिवेशन गर्न, पार्टी एकताका बाँकी काम एक महिनाभित्र सम्पन्न गर्न र मंसिरभित्र संगठित सदस्यता नविकरण सक्न सुझाव दिएको छ। त्यस्तै कार्यदलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संघीय सरकार प्रदेश सरकारमा मन्त्रीहरुको हेरफेर गर्न, एसिसीलाई परिमार्जनसहित पारित गर्न, सरकारका सबै नियुक्ति सचिवालय र शीर्ष नेताबीच छलफल गरेर मात्र गर्न सुझाव दिएको छ।