सोलुखुम्बुको महाकुलुङ गाउँपालिका गुदेलमा हवाईमैदानको डिपिआर काम थाल्ने तयारी
राज कुमार राई ,२१,मंसिर –सोलुखुम्बु । नेपालको सबै भन्दा बढी विमानस्थल भएको जिल्ला सोलुखुम्बुमा फेरि अर्को नयाँ विमान स्थल बन्ने पक्का भएको छ । धेरै बर्ष पहिले नै नाप जाँच भई सकेको सो विमान स्थल केही राजनीतिक खितानीका कारण स्थगित हुदै आएको थियो । जुन हावाईमैदानलाई फेरि पूर्णता दिनका लागि शुक्रबार उच्चस्तरीय छलफल भएको छ ।
सोलुखुम्बुका सांसद हेमकुमार राई ९शुरबीर०को नेतृत्वमा महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती सहितको टोलिले संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई, नागरिक उड्यान प्राधिकरणका महानिर्देशक राजन पोखरेल संग छलफल गरेको हो । इआईए रिपोर्टमाथि छलफल सकिएर पुरक रिपोर्टको अन्तिम तयारीमा रहेकाले एक साता भित्रै डिपिआरको काम सुरु गर्ने छलफलको निश्कर्ष रहेको महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो ।
पुरक रिपोर्टको टिप्पनी समेत उठाईसकिएकाले सोमबार सम्म पर्यटन मन्त्रालयमा बुझाई सकिने बताइएको छ । छलफलको क्रममा संघिय सांसद हेमकुमार राई ९शुरबीर०ले चाडै डिपिआर तयार गरि निर्माणको काम सुरु गर्न आग्रह गर्नुभएको छ । कोसीपारीका हजारौ नागरिकको गुदेलबाट हवाईजहाज चढ्ने सपना साकार पार्न सम्बद्ध निकाय संग सांसद राई सहितको टोलिले माग गरेको छ ।
यता पर्यटन मन्त्री योगेश भट्टराई र प्राधिकरणका महानिर्देशक राजन पोखरेलले समेत जतिसक्दो चाडो काम सुरु गर्ने आश्वसन दिनुभएको गाउँपालिका अध्यक्ष किराँतीले जानकारी दिनुभयो । सोलुखुम्बुको चार वटा बिमानस्थलहरु मध्ये दुई वटा बिमानस्थल बन्द अवस्थामा रहेको छ । नेपालकै सबैभन्दा उच्च स्थानमा रहेको स्याङ्बोचे र तल्लो क्षेत्रमा रहेको काँगेल डाँडा बिमानस्थल अहिले घाँसे मैदानमा परिणत भएको छ ।
तर भौगोलिक रुपमा निक्कै बिकट र पर्यटकिय हिसाबले समेत महत्व बोकको क्षेत्र गुदेलमा निर्माण हुने हवाई मैदान दिगोरुपमा सञ्चालन गर्न सकिने सरोकार वालाहरुले दावी गरेका छन् । गुदेल बिमानस्थलमा आएका पर्यटकहरु बुङ, छेस्काम हुँदै सगरमाथा क्षेत्र जान सक्छन् भने कोशीपारीका दुई गाउँपालिकाका स्थानीयको लागि यो पायक पर्ने बिमानस्थल बन्ने छ ।
महाकुलुङ क्षेत्रमा रहेको विभिन्न हिमश्रङ्खला तथा तालहरु पर्यटकिय गनतव्य भएपनि यातायात र प्रचार प्रशारको अभावले ओझेलमा परेको छ । गुदेलमा निर्माण हुने बिमानस्थल र सिधा सडक पहुँच पछि भने यस क्षेत्रको पर्यटन प्रबद्र्धन हुने समेत यहाँका स्थानीयले विश्वास लिएका छन् । विमान स्थल निर्माण हुने भएपछि जग्गा दाताहरुले पहिले नै धनीपूर्जा सहितको जग्गा पनि नामसारी गरि सकेको सिङके राईले बताए ।