Logo

मृगौला पीडित कञ्चना राईलाई ठूलो आर्थिक सहयोग रकम आयो,अब नयाँ जीवन पाउने पक्का


कलाखबर संवाददाता,१८,असोज–काठमाण्डौं । मृगौला फेल भएर लामो समयदेखि थाला पर्दै आएकी वालिका कञ्चना राईलाई आर्थिक सहयोग प्राप्त भएको छ । थाम डाडाँ युवा कलवले कञ्चना राईलाई बचाऊ अभियान चलाएर दुई पटक पीडित वालिकालाई आर्थिक सहयोग रकम हस्तान्तरण गरि सकेको छ । सो दोस्रो चरणको अभियान अन्र्तगत मंगलबार राजधानी काठमाण्डौंको फलैचा रेष्टुरेण्टमा एक लाख एक हजार दुई सय रुपैया थाम डाँडा युवा कलवले पीडितका बुवा राजु राईलाई हस्तान्तरण गरेको थियो ।

विभिन्न संघ संस्था र व्यक्तिहरुबाट उठाईएका रकम हस्तान्तरण गर्दै पीडित राईको आर्थिक अवस्था निकै कमजोर देखेपछि थाम डाँडा युवा कलवले दुई चरणमा कञ्चना राई बचाऊ अभियान चलाएको उपाध्यक्ष किरण राईले बताए । पहिलो चरणको अभियानबाट उठेको रकमले राईको उपचार सम्भव नभए पछि फेरि दोस्रो चरणको अभियान चालाईएको पनि उहाँले जानकारी दिए । थाम डाँडा युवा कलवका महा सचिव दिपक राईले सहयोगी डाटाहरुको नामावली प्रस्तुत गर्दै सबैलाइै धन्यबाद दिनु भएको थियो ।

कञ्चनाको अवस्था देखेपछि केही ह्राहत होस भनेर आफूहरुले चलाएको अभियानमा सबैले सहयोग गरेकोले नै यो अभियान सफल भएको पनि उहाँले बताए । यति रकमले पीडित वालिकाको उपचार सम्भव नभएमा फेरि तेस्रो चरणको अभियान चालाउने पनि उहाँले कलाखबरलाई बताए । नानीको अवस्था देखेपछि केही ह्राहत होस भनेर आफूहरुले चलाएको अभियानमा सबैले सहयोग गरेकोले नै यो अभियान सफल भएको जानकारी गराउदै उहाँले पीडित वालिकाको स्वास्थ्य लाभको कामना समेत गर्नु भयो ।

आफूहरुले ४५ दिन चालाएको अभियान पनि सकेको जानकारी गराउदै अब कसैले नक्कली रसिद देखाएर पैसा उठाउन खोजिएको खण्डमा सचेत रहन पनि आग्रह गर्नु भयो । यदि आवश्यक परे फेरि आफूहरुले सबै जनमानसलाई जानकारी लिएर तेस्रो चरणको अभियान चलाउन सकिने पनि बताउनु भयो ।

आफ्नो अवस्था नाजुक भएर छोरीको उपचार गर्न निकै कठीन भई रहेको अवस्थामा थाम डाँडा युवा कलवले अविष्मरणीय गुण लगाएको पीडितका बुवा राजु राईले बताए । उहाँले आफ्नै छोरी सम्झेर कञ्चना राईलाई बचाऊ अभियानमा लागेका संघ संस्था तथा सबै सहयोगी दाताहरुलाई धन्यबाद दिनु भयो । सामाजिक अभियन्ता,राजनीतिकर्मी तथा कुशल संगीतकार समेत रहेका आश कुमार राई यो अभियानको मुख्य सल्लाहकारको रुपमा रहेका थिए ।

उहाँले आफूहरुको अभियानबाट मृगौला पीडितलाई धेरथोर ह्राहत मिलेको बताए । केही अभियान चलाएर सहयोगी दाताहरुबाट उठेको रकम पीडितलाई दिन पाउँदा निकै खुशी लागेको पनि संगीतकर्मी राईले बताए । यो अभियानमा सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिदै फेरि पनि आगामी दिनहरुमा यस्तै अभियानमा सहयोग गर्न अपिल समेत गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्