पर्वतको फलेवास नगरपालिकामा तीज बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न

कलाखबर संवाददाता–भोलानाथ पौडेल पर्वत, १६ भाद्र २०७६.
पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा, र वडा नं. २ थापाठाना लगायतका स्थानमा तीज बिशेष गित प्रतियोगिता गरिएको छ । सो अवसरमा नेवार समुदायबाट परम्परागत लाखे नाच, तथा समाजमा जनचेतना फैलाउने खालका बिविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएका छन् । तिज विशेष यो कार्यक्रमलाई मिलन यूवा कल्व थापाठानाले आयोजना गरेका हुन् ।
यस कार्यक्रम अन्तर्गत,समाजमा रहेका बिकृती, बिसंगती र महिला अधिकारका बारेमा परिर्वतन ल्याउने गित, नृत्य र नाटक प्रस्तुत गरिएका थिए । यो प्रतियोगिताबाट समाजमा रहेका विकृति मुलक समस्याको समाधान तथा सचेतनामूलक सन्देश आम जनमानसमा पुग्ने विश्वास गरिएको आयोजकले जनाएको छ । समाजमा यस्ता सचेतनामूलक कार्यक्रम गरेमा समाज परिर्वतनको विकासमा टेवा पुग्ने भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कार्यक्रममा सहभागी सुमन पौडेलले बताए ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा फलेवास नगरपालिकाका नगर प्रमुख पदम पाणी शर्मा रहेका थिए । प्रमुख अतिथि तथा फलेवास नगरपालिका प्रमुख शर्माले विकासको लागि स्थानीय कल्व,संघ सस्था र सचेत नागरिकहरुको महत्वपुर्ण भूमिका रहने बताएका थिए । उहाँले यस किसिमको संस्कृतिको जगेर्ना गर्न स्थानीय नै उत्तरदायी भएर नगरलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो । कार्यक्रममा स्थानीय कालाकार साथै राष्ट्रिय कलाकारहको बेजोड प्रस्तुती रहेको थियो ।
थापाठानामा नेवार समुदायबाट परम्परागत सास्कृतिक झल्काउने लाखे नाच निकालिएको थियो । बर्षेनी नाघपञ्चमी, जनैपुर्णिमा, तीज जस्ता पर्वहरुमा लाखे नाच देखाउदै आएको आयोजकले जानकारी दिए । त्यस्तै कार्कीनेटामा पनि नेवार समुदायबाट लाखे नाच देखाइएको थियो । अग्रज पुस्ताहरुबाट परम्परागत रुपमा देखाउँदै आएको लाखेनाच नेवार समुदायको चिनारी रहेकोले यसको बिशेष किसिमको महत्व रहेको कार्कीनेटा लाखे नाच ब्यवस्थापन समुहका सदस्य गोबिन्द श्रेष्ठले बताए ।