प्रवृति राईको स्वरमा दर्शकको मन छुने मार्मिक नयाँ गीत रेकर्ड

 

कलाखबर संवाददाता,२६,मंसिर–काठमाण्डौं । नवदित गायीका प्रवृति राईले आफ्नो पहिलो मार्मिक गीत रेकर्ड गरेकी छन् । राईले साईनो कला केन्द्रबाट आफ्नो सांगीतिक यत्रा सुरु गरेकी हुन् । पूर्वीय नेपालको खोटाङ जिल्लामा जन्मेकी राईले सानै उमेरदेखि नै गीत संगीतमा रमाउने सुनौलो सपना बोकेकी हुन् । प्रमोद श्रेष्ठको शब्द रहेको“तिमीले मलाई छाडेर जादाँ मेरो के हालत हुन्छ ” बोलको गीत राईको पहिलो गीत पनि हो ।

उनले यो सँगै अर्को साईनो कला केन्द्रको ब्यानर गीत गाउने अवसर समेत पाएकी छन् । सामान्य परिवारमा जन्मेकी राईले मेहिनत र लगनशीलता देखायो भने यस कलाकारिता क्षेत्रमा पनि राम्रै भविष्य रहेको बताउछिन् । उनले २०७५ को ओखलढङ्गा भिजन आईडलमा पहिलो विजेताको अवार्ड समेत हात पारेकी छन् । जसले आफ्नो कलाकारिता क्षेत्रमा अगाडी बढ्न हौसला मिलेको बताइन् ।

आफ्नो कलाकारिता क्षेत्रमा आउनलाई सबै परिवारको पनि राम्रो सहयोग रहेको उनी बताउछीन् । गीत गाउने सपना आफ्नो भन्दा पनि विशेष गरि आफ्नी आमाको सपना रहेको राईले बताइन् । जुन आफ्नो पहिलो गीत रेकर्डले आफ्नी सपना साकार भएको जस्तो महशुष गरेकी छु भन्नु भयो । बिगत एक वर्ष पहिले यस धर्तीबाट विदा लिएकी आफ्नी आमाको आत्माले समेत शान्ति पाउने आशामा विश्वस्त छु भन्नु भयो ।

पहिलो चोटी गीत रेकर्ड गर्न राजधानी छिरेकी राईले यो सुनौलो अवसर दिएकोमा साईनो कला केन्द्रलाई धन्यवाद पनि दिईन् । भक्त विश्वकर्माको संगीत रहेको गीत भर्खरै मात्र भर्जिन स्टुडियोमा रेकर्ड गरिएको छ । यसै बिषयमा कलाखबर टि.भी. ले गायीका राईसँग गरेको अन्तरंग कुराकानी तल प्रस्तुत गरिएको छ ।