Logo

नेपाल किराँत कुलुङ भाषा सँस्कृति उत्थान संघद्वारा शुभकामना तथा साँस्कृतिक कार्यक्रम सम्पन्न


काठमाण्डौ,९–पौष,राजकुमार राई ।नेपाल किराँत कुलुङ भाषा सँस्कृति उत्थान संघ केन्द्रिय कार्यसमितिद्वा शनिबार काठमाण्डौको राजधानी स्थीत वैंक्यूट पार्टी प्यालेसमा विशेष साँस्कुतिक कार्यक्रमको आयोजना गरिएको छ । कुलुङहरुको महान चाड चाक्काकुर तथा एले संवत ५०७८ को उपलक्ष्यमा शुभकामना आदनप्रधानका लागी सो कार्यक्रमको आयोजना गरिएको हो ।

प्रमुख अतिथि तथा पूर्व सँस्कृति मन्त्रि कृपासुर शेर्पाले कार्यक्रमलाई पानसमा दीप प्रज्वलन गरि उत्घटन गरेका थिए । कार्यक्रमलाई औपचारिक र अनौपचारिक गरि दुई चरणमा विभाजन गरिएको छ । औपचारिक कार्यक्रमलाई कुलु गुस्खमका कोषाध्यक्ष अजय अलङकार कुलुङले सञ्चालन गरेका थिए भने अनौपचारिक कार्यक्रमलाई सुस्मा राईले सञ्चालन गरेका थिए ।

कुलुहरुको छुट्टै इतिहास र पहिचान तथा भाषा संस्कृति भए पनि नेपाल सरकारले वेवास्ता गरि छुट्टै पहिचान नदिएकोमा अध्यक्ष चन्द्र सिंह कुलुङले आक्रोश समेत ब्यक्त गरे । कुनै राजनीति तथा जातीय भेदभाब नभएर आफ्नो मौलिक कला सँस्कृतिको उत्थानका लागी कुलुङगठन आश्यक रहेको केन्द्रिय महा सचिप तथा समाज सेवक ईन्द्र कुलुङले बताउनु भएको छ ।

पुर्व सँस्कृति मन्त्रि कृपासुर शेपाले आफु सँस्कृति मन्त्रि भएकोले यस्ता सँस्कृति मुलक कार्यक्रम निकै मन परेको र कुलुङ जातिहरुले भने छुट्टै आफ्नो पहिचान सहितको गतिविधिलाई अगाडी बढाएकोमा अरु जातिले पनि गर्व गर्नु पर्ने बताउनु भयो । राष्ट्रिय कलाकारहरु शम्भु राई, मेलिना राई अजय अलङकार कुलुङ, तथा अन्य थु्पै्र नृत्यकार एवम् हाँस्यकलाकारहरुको साथमा वेजोड प्रस्तुति समेत प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्