Logo

हिन्दु नारीको आउँदै गरेको महान चाड तीजमा शंकर श्रेष्ठको कोसेली ( भिडियो सहित )


shankar shrestha

कलाखबर संवाददाता,सिन्धुली । नारीहरुको महान चाँड हरीतालिका तिज नजिकीदै गर्दा गायक शंकर श्रेष्ठले ज्योति

मगरलाई तरुनि भनेका छन् । राम्री तरुनि वोलकोे गितमा गायक शंकर श्रेष्ठले मोडल ज्योति मगरलाई तरुनि भनेका हुन् ।

गायक शंकर श्रेष्ठ र गायीका देवि घर्तिको सुमधुर स्वरमा सझिएको यस तिज गितको शब्द भने दिपक श्रेष्ठले तयार पार्नुभएको

हो । यस गितको भिडियो समेत तयार भै सकेको छ, शिशिर बुढाथोकिको निर्देशनमा तयार भएको भिडियोमा ज्योति मगर,

शिशिर बुढाथोकी र दिपक श्रेष्ठको अभिनय रहेको छ ।

 

सिन्धुली जिल्ला फिकल गाउँपालिका वडा नं ४, खाङसांगका शंकर श्रेष्ठले आउँदै गरेको हिन्दु नारीको महान चाड तीजको

कोसेली स्वरुप केही दिन अघि मात्रै आफ्नो नयाँ गीत ‘राम्री तरुनी’ बजारमा ल्याएका छन् । ‘दिलकी रानीलाई प्रपोज गरिन्छ’

बोलको गीतबाट चर्चा कमाउन सफल गाएका शंकर यस गीतबाट सफलतता मिल्नेमा आशावादी छन् । देवी घर्ती मगर र

 शंकर श्रेष्ठको आवाजमा रहेको यस गीतमा दिपक श्रेष्ठको शब्द, रादिप सुनुवारको लय रहेको छ । अहिलेकी चर्चित

मोडल तथा गायीका रहेकी ज्योती मगर अभिनित यस गीतमा शिशिर बुढाथोकी र दिपक श्रेष्ठले साथ दिएका छन् ।सागर

गौतमले छायांकन गरेका यस गीतमा अविनाश डि सीको सम्पादन तथा शिशिर बुढाथोकीको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्