Logo

मिस ग्रान्ड नेपाल- २०१८ हुने


कलाखवर सम्वाददाता, बैसाख ४,काठमाडौं – लामो समयदेखि ज्ञानमा आधारित विभिन्न शैक्षिक प्रतियोगिता गर्दै आइरहेको आर।के। इन्टरटेन्मेन्ट ग्रुपले यो वर्षदेखि ‘मिस ग्रान्ड नेपाल-२०१८’ आयोजना गर्दै छ । उक्त कार्यक्रमको औपचारिक घोषणा वैशाख २ गते होटेल रोयल एम्पायर, बालुवाटार काठमाडौँमा पत्रकार सम्मेलनका बीच गरियो ।

उक्त कार्यक्रमको अडिसन राउन्ड काठमाडौँ, पोखरा, बुटवल, चितवन, धरानलगायतका विभिन्न सहरहरूमा हुने आयोजक संस्थाले जानकारी दिएको छ । कार्यक्रमका संयोजक श्री प्रसाद शर्माका अनुसार अडिसन राउन्ड यही वैशाख १२ गते पोखरा, वैशाख ३१ गते चितवन, जेठ २ गते बुटवल, जेठ ५ गते धरान तथा जेठ २६ गते काठमाडौँमा हुनेछ । ग्रान्ड फिनाले साउनको अन्तिम साता काठमाडौंमा हुनेछ । मिस ग्रान्ड नेपाल विजेताले नगद एक लाख सहित स्कुटर पाउने छिन् भने विजेताले म्यानमारमा हुने मिस ग्रान्ड इन्टरनेशनल प्रतियोगिता-२०१८ नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।

प्रतिक्रिया दिनुहोस्