Logo

टाइगरको ‘बागी २’ले कमायो २०० करोड


कलाखवर सम्वाददाता, बैसाख १ -हिरोपन्थी’बाट बलिउडमा धमाकेदार डेब्यू गरेका टाइगर श्राफले आफ्नो पछिल्लो रिलिज ‘बागी २’बाट आफू पनि वक्सअफिसमा कम नभएको प्रमाणित गरेका छन्। उनको एक्शनले भरिपूर्ण फिल्म ‘बागी २’ले २०० करोड भारूको लोभलाग्दो कमाइ गरेको हो । ‘बागी २’ यो वर्ष यो आँकडा पार गर्ने दोस्रो फिल्म हो। ‘पद्मावत’पछि यस्तो कमाइ गर्ने दोस्रो फिल्म हो। फिल्मले हाल सम्म २३२.०६ करोड भारू विश्वव्यापी रूपमा कमाइसकेको छ। फिल्मले ११ दिनमा यो आँकडालाई पार गरेको हो।

प्रतिक्रिया दिनुहोस्