पन्चे बाजामा आधारित “गल्कोटेमा घुम्टेको छायाँले” बोलको गीति संग्रह बजारमा
कलाखबर संवाददाता फाल्गुन १०,काठमाडौँ । स्नेहा स्मृती डिजिटल प्रा. लि. ले पन्चे बाजामा आधारित “गल्कोटेमा घुम्टेको छायाँले” बोलको गीति संग्रह बजारमा ल्याएको छ । चर्चित गायक देब शाहनी र लोक ताराको उपाधि विजेता लोकप्रिय गायिका कमला पोख्रेलको स्वरमा सजिएको यस लोक गितमा शब्द तथा लय भने देब शाहनीको आफ्नै रहेको छ ।
निर्देशक उदिराम खड्काको निर्देशनमा तयार भएको यस गीतको भिडियो छायांकन हरिनारायण चौधरीले गरेका छन् भने कलाकार सुसिल थापा र नन्द बस्यालले अभिनय गरेका छन् । सत्यवती मिडिया फिल्म्सले गरेको दृश्य निर्माणमा विवेक खड्काले सम्पादन गरि आकर्षक रुपमा प्रश्तुत गरेको यस गीतलाई दर्शक माँझ वितरण गर्ने जिम्मा भने स्नेहा स्मृती डिजिटल प्रा. लि. ले नै गरेको छ ।
अहिले बजारमा नयाँ नयाँ पश्चिमेली संगीतको प्रभाव बढी रहेको अवस्थामा लोप हुदै गइ रहेको लोक बाजाहरु मन पराउने पारखीलाई यो गित एउटा कोशेली बनेको छ।