Logo

अनुश्का भन्छिन्,‘एक्लै खुशी छु’


अघिल्लो वर्ष दुई फिल्मले व्यस्त बनेकी बलिउड नायिका अनुश्का शर्माले फुर्सदमा आफूले गर्ने कामको बारेमा सार्वजनिक गरेकी छिन् ।

मुम्बईमा एक अनलाईनलाई अन्तर्वार्ता दिने क्रममा उनले भनेकी छिन्,‘एक्लै हुँदा म घरमै टिभी हेरेर बस्न रुचाउँछु ।’

‘जब म आफूले पालेको कुकुरलाई हेर्छु तब आधा तनाव त्यसै कम हुन्छ’, उनले आफू सामाजिक व्यक्ति नभएको भन्दै फुर्सदमा एक्लै बस्न रुचाउँने बताइन् ।

अघिल्लो वर्ष उनको ए दिल है मुस्किल र सुल्तान रिलिज भएको थियो । उनले फुर्सदमा साथीभाईसँग घुम्नभन्दा एक्लै बस्न खुशी लाग्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्