ट्रेलरबाटै ‘बाहुबली २’ले बनायो यस्तो कीर्तिमान !

एस एस राजामौली निर्देशित ‘म्यानम ओपस’ फिल्म ‘बाहुबली २: द कन्क्लुजन’ले ट्रेलरमा पनि कीर्तिमान कायम गरेको छ। उसले बलिउड फिल्महरूलाई समेत पछाडी पार्दे रेकर्ड राख्न सफल भएको हो।
फिल्मको ट्रेलरले भिडियो संजाल यूटुयूबमा सर्वाधिक हेरिएको कुने पनि भारतीय फिल्मको ट्रेलरको कीर्तिमान राखेको छ। तेलेगु, तमिल, हिन्दी तथा मल्यालम भाषामा रिलिज भएको फिल्मको ट्रेलर एक सय मिलियनभन्दा बढी पटक हेरिएपछि सो कीर्तिमान राख्न सफल भएको हो।
रेकर्ड पछि निर्देशक राजामौलीले आफूले यस्तो कहिल्यै कल्पना नगरेको भन्दै ट्विट गरेका छन्। शुक्रबार उनले यस्तो ट्वीट गर्दै त्यसलाई सम्भव तुल्याउने सबैलाई धन्यवाद भनेका छन्।
फिल्म अप्रिल २८ मा रिलिज हुँदैछ। फिल्म दर्शकहरूको सर्वाधिक प्रतिक्षाको फिल्म बनेको छ।