प्रधानन्यायाधीसले कूसंस्कारको अन्त्य गर्न लिएको कदमप्रति अधिवक्ता आकृति रायमाझीद्वारा खुशी व्यक्त
१५, असोज– काठमाडौं । अधिवक्ता आकृति रायमाझीले असोज २० गते अनिवार्य अवकास हुने प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको प्रशंसा गरेकी छिन् । प्रधानन्यायधीस श्रेष्ठले कूसंस्कारको अन्त्य गर्न लिएको कदम सकरात्मक भएको भन्दै अधिवक्ता आकृति रायमाझीले खुशी समेत व्यक्त गरेकी छन् ।
अदालतको मानमर्दन हुने गरी अदालत भित्रै नाराबाजÞी र गाली गलौच गर्ने कूसंस्कारको समेत प्रधानन्यायधीस श्रेष्ठको कदमले अन्त्य भएको अधिवक्ता आकृति रायमाझीले बताएकी छिन् । सामाजिक सञ्जालमार्फत रायमाझीले लेखेकी छिन्,“प्रधानन्यायधीसज्यूले अदालतको मानमर्दन हुने गरी अदालत भित्रै नाराबाजी गर्ने
गाली गलौच गर्ने कूसंस्कारको अन्त्य गर्न लिएको कदमप्रति सलाम!!” उनले अगाडी लेखेकी छिन्,“अदालतलाई निजी सम्पत्ति र न्याय दिने कुर्शीलाई दाईजो पेवा सम्झिने सबैलाई चेतना भया! न्यायालय भित्र कालो कोटले कालो झण्डा देखाउने कालोपट्टी लगाउने नाराबाजÞी गरी आन्दोलन गर्ने कूसंस्कार अन्त्य होस !!!
”