प्रतिनिधि सभा बैठकमा फागुन २१ सम्बोधन गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी
फागुन १८–काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही फागुन २१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन् । फागुन १८ गते नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम भएपनि किशेष कामले उपत्यका बाहिर रहेका कारण फागुन २१ गतेका लागी तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
फागुन २१ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने भएपछि त्यही अनुसारको तयारी गर्न संघीय संसद् सचिवालयलाइ पनि जनाकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले संसद् सचिवालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएका हुन् ।
विपक्षी दलहरुले बालकुमारी लगायत घटनाका बारेमा सरकारको जवाफ माग्दै आएका छन् । शुक्रबारको बैठकमा समेत एमाले सांसद सूर्यबहादुर थापाले सरकार संसद्प्रति उत्तरदायी नभएको भन्दै संसदमा प्रधानमन्त्रीको खोजी गरेका थिए ।

