Logo

शताब्दी पुरुष सत्य मोहन जोशीलाई डेंगु संक्रमण आस्मिक अस्पताल भर्ना


असोज, १५ – काठमाण्डौं । शताब्दी पुरुष सत्य मोहन जोशीलाई डेंगु संक्रमण भएको छ । उनलाई आकस्मिक बिरामी भएपछि स्वास्थ्य परिक्षण गराउदा डेंगु संक्रमण पुष्टि भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले बिरामी भएर अस्पताल भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

शनिबार विहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थाको बारे उपराष्ट्रपति पुनलाई जानकारी गराएका थिए ।

भेटपछि उपराष्ट्रपति पुनले जोशी राष्ट्रपिता भएको बताए । पिताको स्वास्थ्यमा आएको सुधारले आफू निकै खुसी भएको पनि उपराष्ट्रपति पुनले जोशीलाई बताए । जोशी चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने समेत उनले विश्वास व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्