Logo

बन तथा वातावरण मन्त्रालयकाे अमानवीय व्यवहार, मन्त्री र सचिबले गरे पदकाे दुरूपयाेग गर्ने प्रयास


कलाखबर संवाददाता, काठमाडौं, माघ ७, २०७८ ।

वन तथा वातावरण मन्त्री रामसहाय यादवको अमानवीय व्यवहारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीहरु रुष्ट भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले आफ्ना मान्छे नियुक्त गर्न समितिका पदाधिकारीलाई राजीनामा दिएर बाटो खुल्ला दवाव दिँदै आएका छन् । तर पदाधिकारीहरुले आफूहरुलाई सरकारले पाँच वर्षका लागि नियुक्त गरेकाले आफ्नो दायित्वबाट अलग नहुने बताएपछि मन्त्री यादवले उनीहरुलाई हटाउन मन्त्रिपरिषद्टबाट निर्णय गराएर स्पष्टिकरण सोधेका छन् ।
एमालेका महासचिव शंकर पोखरेलले भने झै परमादेशमा गठन भएको देउवा सरकारको ६ महिना मध्ये तीन महिना मन्त्रिपरिषद् विस्तारमै बिताएको र तीन महिना एमाले सरकारका पालामा भएका नियुक्ति खारेजमै बिताएको छ । देउवा सरकारले हटाएका कतिपय पदाधिकारीहरु सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका छन् । तर पनि देउवा सरकारका कतिपय मन्त्रीले आफ्नो मन्त्रालय मातहतका निकायहरुका पदाधिकारी हटाउने र नयाँ नियुक्ति गर्ने काम जारी गरेर अदालतको मानहानी समेत गरिरहेका छन् ।

देउवा सरकारका मन्त्रीहरु कतिसम्म अमानवीय र अराजक छन भन्ने तथ्य पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ । भौतिक मन्त्री रेणु यादवले सार्वजनिक कार्यक्रममा नेताको हत्या गर्ने धम्की दिएकी छिन् भने बन मन्त्री रामसहाय यादवले कोरोना संक्रमित भइ उपचार गराइरहेका राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेललाई कार्यालयमा उपस्थित भएर पत्र बुझ्न दवाव दिएका छन् ।

गत सोमवारदेखि नै आइसोलेशनमा बसेका अध्यक्ष पौडेलको बुधवार पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । घरमै चिकित्सकको सल्लाहमा आइसोलेशनमा रहको पौडेलले कोरोना संक्रमणको जानकारी मन्त्रालयका गराउँदा पनि बनमन्त्री यादवले लगातार फोन गरेर कार्यालयमा हाजिर भएर पत्र बुझन धम्की दिएको स्रोतले जनाएको छ ।

माघ ४ गते मन्त्रिपरिषदको निर्णय भन्दै पाँच दिन भित्र स्पष्टीकरण दिन मन्त्रालयले अध्यक्ष तथा सदस्यसहितका पदाधिकारीलाई पत्र पठाएको थियो । अध्यक्ष पौडेल कोरोना संक्रमण भएका कारण घरमै थिए भने अन्य सदस्यहरु फिल्ड भिजिटमा थिए । तर मन्त्री यादवले त्यसको दुई दिन नबित्दै गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गराएका छन् ।

वन मन्त्रालयले अध्यक्ष पौडेलसहित सदस्यहरु कमला ओली सिवाकोटी, शशिकुमार शर्मा, सुस्मिता ढकाल, भेषराज आचार्यलाई ५ दिनभित्र सफाई पेश गर्न सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ । मन्त्रलायले सार्वजनिक सूचनामार्फत दिएको निर्देशनमा भनिएको छ, ‘४ माघको पत्रहरु तपाईहरुबाट नबुझिएको हुँदा तपाईहरुको नियुक्ति पश्चात त्यस समितिको गठन आदेश लगायत प्रचलित कानुनले तोकिएको जिम्मेवारी तथा कार्य विवरणका कार्यहरु के कति र कसरी सम्पादन गर्ने गराउने गर्नु भएको छ ? पत्र प्राप्त भएको पाँच दिन भित्रमा यसमा मन्त्रालयमा पेस गर्न अनुरोध छ ।’
मन्त्रालयले माघ ४ मा स्पष्टीकरणका लागि पत्र पठाउँदा समितिका सदस्य भेषराज आचार्यलाई समितिले कैलालीमा कार्यक्रम अनुगमनका लागि पठाएको थियो । समितिको पुस ३० गतेको निर्णय अनुसार आचार्यलाई माघ २ देखि ८ गतेसम्मका लागि कैलाली अनुगमनका लागि पठाएको छ । तर कोरोना संक्रमण भएका अध्यक्ष र अनुगमनका लागि कैलाली पुगेका सदस्य आचार्यलगायतलाई स्पष्टिकरणका लागि पठाएको पत्र दुई दिन नबित्दै पत्र नबुझेको भन्दै सार्वजनिक सूचनामार्फत सफाई पेस गर्न निर्देशन दिनुले उनीहरुको मानहानी भएको बताइएको छ ।

बन सचिव डा. प्रेम नारायण कँडेलको उस्काहटमा वनमन्त्री यालवले यस्तो असहिष्णु, अपरिपक्क र अमर्यादित काम गरेपछि सिंगो सरकार र प्रधानमन्त्री शेरबाहादुर देउवा र मन्त्री नियुक्त गर्ने उपेन्द्र यादबको समेत अनाहकमा बदनाम भएको छ ।
मन्त्रालयले पठाएको पत्र नबुझेको भन्दै गोरखापत्रमा प्रकाशित सूचनाबारे जिज्ञासा राख्दा सदस्य भेषराज आचार्यले भने “म माघ २ गतेदेखि ८ गतेसम्म लागि कोभिडको बेलामा पनि राष्ट्रिय गौरबको आयोजना सफल पारौ भनेर सुदुर पश्चिममा खट्टिएको छु । मन्त्रालयबाट पत्र आएको सुनेको थिए । फेरी पत्र नबुझेको भनि गोरखापत्रमा सूचना आयो भन्ने पनि सुने । म यता भएकाले केही बुझ्न पाएको छैन पत्र आएको भए पनि म नियम संगत रुपमा फिल्डमा छु कसरी बुझ्न सक्छु र तर मैले सुने अनुसार यदी गोरखापत्रमा पत्र नबुझेको भनि आरोप लगाईएको छ भने त्यो निकै छलकपट हो । त्यो हाम्रो मानहानी हो । सुदुर पश्चिममा फिल्डमा खट्टिएको मानिसले कसरी काठमाडौंमा पत्र बुझ्न सक्छ । यदी यसो गरिएको छ भने सचिबको उस्काहटमा मन्त्रीजीले मेरो मानहानी गर्नु भयो, म कैलालीबाट फर्केपछि अदालतमा मानहानीको मुद्दा दायर गर्ने छु ।”
आचार्यले थपे “मन्त्री समक्ष आ–आफ्नै स्वार्थले सचिव वा उपसचिबस्तरका कर्मचारी तथा मन्त्रीका आसेपासेले अनेक प्रस्ताब लान सक्छन । तर अहिलेसम्म सोझो कहलिएका, पढेलेखेका, झुपडीबाट राजनीति गर्दै निष्ठाबान छबि बनाएका बनमन्त्री यादबज्यूले यसरी आफ्नै मातहतका ब्यक्ति र कर्मचारीलाई मानहानी हुने गरी फिल्डमा काम गरिरहेको मानिसलाई गोरखापत्रमा सूचना निकाल्ने जस्तो गम्भिर र गलत काम गर्नु भो जसले गर्दा बन मन्त्रालयमा निकै नराम्रो र निर्लज छबि बनाउनु भयो ।”

प्रतिक्रिया दिनुहोस्