Logo

बिहे पास नामक नयाँ फिल्म निर्माणको तयारी,दयाहाङ र प्रकृति श्रेष्ठको मुख्यअभिनय रहने


१८,माघ–काठमाण्डौं । सामाजिक बिषय झल्काउने ‘बिहे पास’ नामक फिल्म निर्माण हुने भएको छ । सो बन्न लागेको नयाँ चलचित्रमा दयाहाङ र प्रकृति श्रेष्ठले मुख्य अभिनय गर्ने भएका छन् । प्रवेश पौडेलको निर्देशनमा बन्ने फिल्ममा रोहित कट्टेल,रत्न श्रेष्ठ र ग्याल्जेन लामा निर्माता को रुपमा रहने भएका छन् ।

मुख्य निर्माताको रुपमा रोहित कट्टेल रहेका छन् भने सह निर्माताको रुपमा रत्ना श्रेष्ठ र ग्याल्जेन लामा रहने भएका छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत्र पहिलो साताबाट सुरु हुने जानकारी निर्देशक पौडेलले दिएका छन् । अन्य सहायक कलाकारहरुमा आकाश बराल,सजन काफ्ले छनौट भइसकेका छने भने

अन्य कलाकारहरु छनौट प्रक्रियामा रहेको छ । मुरे केरको लेखन रहेको ‘बिहे पास’ का अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य पनि जारी रहेको छ । सामाजीक बिषयमा प्रचुर मात्रामा हास्यरस मिसाएर निर्माण गरिन लागीएको फिल्मको सुटिङ तराई का विभिन्न भागमा हुने पनि निर्माता पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्