Logo

डा.गोविन्द केसीको मागलाई सरकारले सम्बोधन नगरेकोले स्वास्थ्य मन्त्रीलाई मोसो ढल्ने भन्दै जनबाहिने नेपालद्वारा पत्रकार सम्मेलन


कलाखबर संवाददाता,१९ असोज –काठमाण्डौं । शनिबार जनबाहिनी नेपालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्रीलाई मोसो ढल्ने जनाएका छन् । अहिले सरकारले मनपरी भ्रष्टचार गरेको डा।गोविन्द केसीको जीवन रक्षा, सरकारकै संरक्षणमा सिमाना अतिक्रमण लगायतको विषयमा जनवाहिनी नेपालद्वारा काठमाडौं स्थित संवाद क्लब नेपालमा पत्रकार सम्मेलन तथा भण्डाफोर कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै जनबाहिनी नेपालका संयोजक समेत रहेका शिरोमणी ओझाले अहिलेको सरकार एउटा र,को माध्यमबाट चलेकोले अब कुनै पनि दिन स्वास्थ्य मन्त्रीलाई कालो मोसो ढल्ने बताए । कलाखबरसँग सम्बाद गर्दै उस्तै परे प्रधान मन्त्रीलाई पनि कालो मोसो र चप्पलको माला लगाउन बाँकी नराख्ने बताए ।

अहिले डा. गोविन्द केसीले पटक पटक उठाएको जाइज मागलाई पनि सरकारले वेवास्ता गरेको भन्दै सरकार अरुको गुलामी गर्ने लाचारीपन भएको आरोप लगाए । डा. केसीको जिवन रक्षा सहित नेपाल सरकारले सिघ्र भन्दा सिघ्र डा। केसीको माग सम्बोधन हुनु पर्ने, एमसीसीको खारेजी हुनु पर्ने, भारत र चिनले अतिक्रमण गरेको भुमि फिर्ता गर्न पहल गर्नु पर्ने जस्ता आफूहरुको १९ बुढे माग रहेको र त्यो अबिलम्ब सरकारले पुरा नगरे अब सशक्त रुपमा आन्दोलन चर्काउने पनि उनले बताए ।

अहिले विभिन्न अभियन्ताहरुले १५/ २० जनाको समुह बनाएर सरकारलाई जस्काएको मात्र हो भन्दै अब आफूहरुले वृहत रुपमा जनता सडकमा उठाएर सिंहदरबार र वालुवाटा दुवै हल्लाउने तयारी गरेको बताए । वर्तमान सरकारको नक्कली राष्ट्रवादी कोरोना भ्रष्टाचार, डा;गोविन्द केसीको जीवन रक्षा, सरकारकै संरक्षणमा सिमाना अतिक्रम लगायतको विषयमा कुम्भकर्ण सरकारलाई जगाउन खबरदारी कार्यक्रम नै अबको आफूहरुको मुख्य एजेण्डा रहेको संयोजक ओझाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्