Logo

घरेलु तथा साना उद्योग बिकास कार्यलय काठमाण्डौं र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रका अनुगमन टोलीद्वारा मेडपा तालिम अनुगमन


कलाखबर संवाददाता,२२,बैशाख–काठमाण्डौं । घरेलु तथा साना उद्योग बिकास कार्यलय काठमाण्डौं र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौंले हाल राजधानी काठमाण्डौंमा सञ्चालन भइरहेको मेडपा कार्यक्रमलाई शुक्रबार अनुगमन गरेको छ । सो कार्यक्रमलाई जिल्ला समन्वय समितिका प्रमुख तथा अनुगमन संयोजक शिव सुन्दर राज बैद्यको नेतृत्वमा कार्य मूल्याङ्कन तथा अनुगमन गरिएको हो ।

बैद्यको नेतृत्वमा घरेलु तथा सानो बिकास कार्यलय काठमाण्डौंका प्रमुख उद्योग अधिकृत राम चन्द्र अधिकारी,घरेलु तथा साना उद्योग कार्यलय काठमाण्डौंका अधिकृत बिनोद धमला,जिल्ला सम्वय समितिका शाखा अधिकृत घन श्याम तिमिल्सिना, घरेलु तथा साना उद्योग कार्यलय काठमाण्डौंका शाखा अधिकृत रजनी रेग्मी,सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौका प्रवन्ध निर्देशक रामनाथ पोख्रेल,  कार्यक्रम संयोजक  भोलानाथ पौडेल, शाखा कार्यलय सोलुखुम्बु कार्यक्रम संयोजक तथा पत्रकार राज कुमार राई लगायत रहेका थिए ।

सहभागीहरु सबैले फूलको गुच्छा र आफ्नै उत्पादन मुलक सामाग्रीहरु मायाको चिनो स्वरुप दिएर स्वागत गरेका थिए । उद्यम बिकास सहजकर्ता गीता गुरुङको नेतृत्वमा बैशाखको दोस्रो हप्ताबाट चन्द्रगिरीमा   सुरु गरिएको तालिमलाई डिना श्रेष्ठले प्रशिक्षण दिदै आईरहेको छ । आफ्नो अभिमुखीकरण कार्यदेखि सीप मुलक तालिम सम्मको अवस्थालाई हेर्दा सबै सहभागीहरुको निकै उत्साहजनक सहभागीता पाइएको उद्यम बिकास सहजकर्ता  गुरुङले बताइन् ।

यो तालिम सिकेर सहभागीहरु आत्मा स्वालम्बीपन बन्न सक्ने पूर्णरुपमा विस्वस्त रहेको पनि गुरुङले जानकारी दिइन् । सो तालिम अन्र्तगत कुशन,डल बनाउने तथा मखमलको जुत्ता बनाउने सम्बन्धी सीप मुलक तालिम भइरहेको छ । अनुगमन टोलीहरु चन्द्रगिरी, नार्गाजुन,स्वयम्भु लगायतका विभिन्न कार्यक्षेत्रमा पुगेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख तथा अनुगमन संयोजक शिव सुन्दर राज बैद्यले सबै सहभागीहरुलाई कुनै बिचलित नभइकन उत्सुक्ताका साथ सीप सिक्न आग्रह गर्नु भयो । बैद्यले सहभागीहरुसँग अन्र्तक्रिया दिदै भन्नु भयो, तपाईहरु राम्रोसँग सीप सिक्नुस् हामी आवश्यक सामाग्री तथा अन्य सहयोग गर्न तयार छौं । सीप सिकेको प्रमाण पत्र समेत उपलब्ध गराउने उहाले जानकारी दिनु भयो । जुन जहा गएपनि जस्तो अवस्थामा पनि निकै महत्व रहने पनि प्रमुख बैद्यले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्