Logo

चलचित्र ‘गोपी’को प्रदर्शन माघमा


कलाखवर सम्वाददाता, कार्तिक २८ -चैत्र १५ गते रिलिज हुने भनिएको चलचित्र ‘गोपी’को प्रदर्शन मिति २ महिना अगाडि सरेको छ । अब, यो चलचित्र माघको १८ गतेबाट रिलिज हुनेछ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त मुख्य भूमिकामा छन् ।

निर्देशक लामाले दर्शकको मागका कारण चलचित्रको रिलिज २ महिना अगाडि गर्न लागेको बताए । यो चलचित्रलाई नेपालभर मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्दैछन् । निर्माता मणिकर्ण केसीले माघ १८ गते राम्रो डेट भएकाले पनि चलचित्र रिलिज गर्न लागेको बताए ।

आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो चलचित्रले एमए पढेर पनि गाइपालनमा होमिएको एक यूवकको कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा छ । शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्रचार्य, अर्जु पोखरेल र कल्याण सिंहको संगीत छ । चलचित्रको छायांकन काठमाण्डौको टोखा क्षेत्रमा गरिएको छ

प्रतिक्रिया दिनुहोस्