Logo

चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा


कलाखवर सम्वाददाता, कार्तिक १७  –निर्देशक मिलन चाम्सले चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा गरेका छन् । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा मित्रताको कथामा बन्ने चलचित्रको घोषणा गरियो । यो चलचित्र ‘विर विक्रम’को सिक्वेल भने नहुने पत्रकार सम्मेलनमा बताइयो ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आई प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन कात्तिक २६ गतेबाट सुरु हुँदैछ । चलचित्रको छायांकन अन्नपूर्ण बेसक्याम्पमा गरिनेछ । यो चलचित्रमा आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा रहनेछन् । यसअघि नायकद्धय दयाहाङ राई र अनुप विक्रम शाहीलाई विर र विक्रम बनाएका मिलनले यसपटक भने आकाश र नाजिरलाई यो क्यारेक्टरमा फिचरिङ गर्न लागेका हुन् ।

चलचित्रमा उनीहरुको साथमा बर्षा सिवाकोटी, वुद्धि तामाङ, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी र बाल कलाकार मनिष लिम्बुको अभिनय रहनेछ । चलचित्रमा सह-निर्माताको रुपमा अर्पण सापकोटा रहनेछन् । प्रदिप भारद्धाजको लेखन रहेको चलचित्रमा रन्जित गजमेर, राजनराज सिवाकोटी र ताराप्रकाश लिम्बुको संगीत, सुदिप बरालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको एक्सन, बनिष शाहको सम्पादन रहनेछ ।  चलचित्रको घोषणा कार्यक्रममा सबै कलाकारलाई ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । कार्यक्रममा याकको पनि भूमिका रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्