Logo

समाज सेवामा डबल, गीत संगीत जगतमा अब्बल ः रक गायीका स्वरस्वती लामा


कलाखबर संवाददाता, १५, कात्तिक–काठमान्डौं । पछिल्लो समय गीत संगीत क्षेत्रमा त रक गायीका स्वरस्वती लामाको चर्चा छदैछ नै । यो चर्चासँगै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समाज सेवामा समेत आबद्ध रहदै आएकी छन् उनी । वाल आश्रम, वृद्धाआश्रम तथा विभिन्न संस्थाहरुमा केही समयदेखि आर्थिक खाद्यान्न, लत्ताकपडा तथा अन्य सहयोग गर्दै आएको समेत उनले कलाखबरलाई बताईन् ।

सानै उमेर देखि समाज सेवा गर्न रुचाउने उनी अहिले गीत संगीत क्षेत्रमा रामैसँग जम्न थालेकी छन् । नेपालकै गीत संगीत र स्टेजको कुरा गर्नु पर्दा सबै भन्दा बढी दर्शकको माया र थेक्नै नसक्ने गरी घुईचो बटुलेको दर्शकहरु बताउछन्   । हरेक मेला महोत्सवमा स्वरस्वतीको प्रस्तुति हेर्न दर्शक आतुर नै भएको आयोजकहरु बताउछन् ।

मेला महोत्सवमा स्वरस्वती लामालाई बोलाउनु अहिलेको फेसन जस्तै भइसकेको छ । त्यसो त स्वरस्वती लामाको पारीश्रमीक समेत आकाशिदै गएको छ । सामान्य रुपमा ३० देखि ८० हजार सम्म प्रति प्रोग्राम लिने गरेको छ । तर कयौ अनाथ, असहाय, टुहुरा, मृगौला पीडित जस्तालाई बचाउ अभियान कार्यक्रममा आफ्नो पारिश्रमको केहि हिस्सा त्यही दिने गरेको बताउछीन् ।

साथै उनले दर्शकको चाहाना अनुसारको प्रस्तुति दिन कुनै कञ्जुस्याई नगरेको बताइन् । स्वरस्तीलाई गाली र ताली दुवै दिने समुदाय समेत रहेको उनले खलाइन् । व्यक्ति वा समुदायले जे भने पनि समाजमा देखा परेको यथार्थ कुराको चित्रण गरेको बताउछीन् उनी ।

प्रतिक्रिया दिनुहोस्