जापानी राजकुमारीद्वारा प्रेमीसँग बिवाहको लागी राजगद्दी त्याग

 

समाचर एजन्सी,कात्तिक,१४ जापानी राजकुमारी २८ वर्षीया आयाकोले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारी पद त्याग गरिदिएकी छन्।
गत गृष्ममै उक्त घोषणा गरेकी आयाकोले सोमबार ३२ वर्षीय केई मोरियासँग लगन गाँठो कसिन्। मोरिया राज खानदानका होइनन् उनी जहाज कम्पनीमा काम गर्छन्।

सोमबार एक मन्दिरमा परम्परागत चलनअनुसार उनीहरूको विवाह भएको छ।  राजकुमारीका आयाकोको जिजुबुवा सम्राट मेइजीको नाममा बनाइएको मन्दिरमा भएको विवाह समारोहमा राजकुमारी परम्परागत पोशाक किमोनो लगाएर आएकी थिइन् दुलाहा मोरियाले कालो कोट र खैरो पाइन्ट लगाएका थिए।

म उनीसँग विवाह गर्न पाउँदा र धेरै जना यहाँ आएर हामीलाई बधाई दिँदा हर्षविभोर छु,’ विवाह समारोहपछि राजकुमारीले भनिन्। तीन पुस्तादेखि जापानी राजपरिवारले आफूले चाहेकासँग विवाह गर्न स्वतन्त्रता दिँदै आएको छ। सम्राट अकिहितोले पहिलो पटक आमकेटीसँग विवाह गरेका थिए। पछि उनी साम्राज्ञी मिचिको बनिन्।

अकिहितो र मिचिकोको भेट अदालतमा भएको थियो। यसअघि गत वर्ष पनि राजकुमारी माकोले पनि प्रेमीसँग विवाह गर्ने भन्दै पदवी त्याग गरेकी थिइन्। जापानी राजपरिवारकी छोरी मान्छेले आममान्छेसँग विवाह गर्दा राजपरिवारको पद त्याग्नुपर्छ। जापानको उत्तराधिकार कानुनअनुसार आयाकोले राजकुमारी पद त्यागेकी हुन्।

विवाहसम्बन्धी कागजातमा हस्ताक्षर गरेपछि उनले श्रीमानको थर पाउनेछन्। जापानको राजपरिवारमा पुरूषको कमी छ। युवराज नारूहितो, जो अर्को वर्ष अकिहितोले सिंहासन छोडेपछि सम्राट बन्दैछन्, उनका भाइ फुमिहितो, उनका भतिजाहरू हिसाहितो र मासाहितो र सम्राटका ८० वर्षीय भाइमात्र सिंहासनका उत्तराधिकारी छन्। आमकेटासँग विवाह गरेकी आयाकोले राजपरिवारबाट खर्चबापत् ९ लाख ५० हजार अमेरिकी डलर पाउने छिन्।