ज्योति मत्स्य ह्याचरी कृषि फार्ममा अज्ञात समुहद्वारा बिष हाल्दा, २५ हजार माछाका भुरा र ठूला माछा मरे,करिब ५० लाखको क्षती

कलाखबर संवाददाता,१०,कात्तिक–काठमाण्डौं । बाराको करैयामाई गाउँपालिका वार्ड नं १ मा रहेको ज्योति मत्स्य ह्याचरी कृषि फर्मको चालिस कठ्ठाको पोखरीमा गएराति अज्ञात समूहले बिष हालिदिँदा करिब ५० लाख रुपैंया बराबरको माछा मरेको छ ।
मधुवन निवासी नेपाल मत्स्य व्यवसायी संघ बाराका कोषाध्यक्ष दिपक पासवानको पोखरीमा रहेको करिव २५ हजार माछाका भुरा र ठूला माछा मरेको नेपाल मत्स्य व्यवसायी सघं बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिए ।
दिपकले ३० कठ्ठामा ठूला माछा र १० कठ्ठा क्षेत्रफलमा माछाका भुरा नर्सरी सञ्चालन गरेका थिए ।नयाँ व्यवसायी भएकाले उहाँ ले माछाको बिमा समेत गराएका थिएनन् ।
संघ बाराले आज एक विज्ञप्ति जारी गर्दै मत्स्य व्यवसायी र माछापालन व्यवसायमा भएको घटनाको छानबिन गरी वास्तविक दोषीलाई कारबाहीको माग गरेको छ ।