पूर्वीय नेपाल सोलुखुम्बु महाकुलुङको शिरमा अवस्थित रमणीय बस्ती छेस्काम

                                                                                                                                                 अहिलेको तस्बिर फोटोग्राफर ः चत्तुर कुलुङ राई

 

कलाखबर संवाददाता,८,कत्तिक–सोलुखुम्बु । सरद ऋतुको रमणीय मौसम छ,यतिखेर । खुल्ला र निलो आँकाशमा माहुरी र पुतलीहरुको लुकामारी देख्न सकिन्छ । मन्ध गतिमा पवनले दिएको स्मर्श सँगै सुमधुर सुशेलीका धुनहरु सुन्न सकिन्छ । अनि रंगीन धर्तीको आली आलीमा धान र कोदोको पहेलपुर हरियाली पातहरुमा स्पर्श दिदै भयली कुदेको मनोरम दृश्य देख्दा छुट्टै आनन्द आउछ । त्यसमाथी पनि सहरको मरुभुमी रुपी धिक्क लाग्दो खोपिल्ट भित्र बसेर आफ्नो गाउँ ठाउँको सुन्दर बस्ति देख्न पाउँदा छुट्टै आनन्द त आउछ नै ।

जुन परिवेशमा पूर्वीय नेपाल सोलुखुम्बु महाकुलुङको शिरमा अवस्थित रमणीय बस्ती छेस्काम देख्न सकिन्छ । जहाँ देखिएका स्कुसको लहरा, घाँसे रुखको सितल छहारी अनि पहेंलपुर छट्टाहरुले छुट्टै प्राकृतिक सुन्दरताको आनन्द थपिदिएको छ । जुन एउटा नमुना रुपी बस्ति भित्र दुई खालको घरको छानो देख्न सकिन्छ । एउटा घरमा नयाँ डिजाइन र आकारमा रंगीचङगी जस्तापाता छाएको छ भने,अर्को घरमा पुरानै डिजाईन र पुरानै शैलीको घरमा खरले छाएको छानो देख्न सकिन्छ ।

                                                                                                                                                  पहिलेको तस्बिर  फोटोग्राफर ः चत्तुर कुलुङ राई 

यसले के संकेत गर्छ भने परिवर्तनशील समयको मागसँगै तिव्र गतिमा बिकासको लहर पनि छाईरहेको प्रस्टै बुझिन्छ । पहिले पहिले मालिङगोको चित्र र खरले घर छाउने चलन थियो । यसलाई परिवर्तन हुदै अहिले जस्तापाताको चलन आई सकेको छ । विस्तारै राजधानीबाट जोडिएको सडकले समेत छेस्काम गाँउ छोइसकेको अवस्था छ । यो गाउँको पृष्ठभूमीमा अर्को उस्तै वस्ति पनि देख्न सकिन्छ । जुन वस्ति गुदेल हो । यी दुवै वस्तिमा उस्तै उस्तै परिवर्तन आएको छ ।

यो वस्तिमा अवस्थित जातिको सामाजिक र सामुदायीक परिवर्तन आए पनि कला सँस्कृति र धर्ममा भने कुनै परिवर्तन आएको छैन । यहाँको धर्म सँस्कृतिमा शद्धता पाईन्छ । यहाँको समुदायमा कुनै पराईको सँस्कृति मिसिएको छैना । यहाँका समुदायले केही समयपछि आफ्नो छुट्टै चाडको रुपमा चक्चाकुर भन्नै पर्व पनि मनाउदै आएको छ । अबको पाँच वर्ष पछिको परिवर्तन भने हेर्न बाँकी नै छ ।