Logo

लेक लागेर सबिना कुलुङको मेरा पिकमा मृत्यू


कलाखबर संवाददाता,७,कात्तिक–सोलुखुम्बु । महाकुलुङ गाउँपालीका बुङ ४ निवासी सबिना कुलुङको लेक लागेर मृत्यू भएको छ । मेरा पिकको
सेतो पोखरी होटलमा काम गर्न जाने क्रममा कात्तिक २ गते कोङमादिङ्मामा भन्ने ठाउमा कुलुङको मृत्यू भएको हो । कुलुङ कक्षा १० मा अध्यानरत छात्रा हुन् । कात्तिक दुई गते मृत्यु भएकी कुलुङको लाश भने ५ गते मात्र उद्धार गरिएको छ ।

मृत्यूको खबर समयमा जानकारी गराउदा पनि स्थानीय सरकार कानमा तेल हालेर बसेकोले शव ल्याउन ढिलो भएको महाकुलुङ गाउँपालीका १ बङ निवासी केश कुमार राईले कलाखबरलाई जानकारी दिए । घटना बिहान ११ बजे भएको र त्यो लगतै स्थानीय सरकारका प्रतिनिधिहरुलाई खबर गर्दा बेवास्ता गरेको प्रति आपत्ति जनाएको समेत कुलुङले बताउनु भयो ।

मृतकको तस्बिर र जानकारी आफ्नो फेसबुकमा सार्बजनिक गर्दा केही साथीहरुबाट मृतकको परिवारसँग कुराकानी भई सकेको खबर पाए पनि आफुसँग कुनै प्रतिकृया नआएको कुलुङले बताउनु भयो । त्यसपछि तत्काल गाउँपालीका प्रमुख सागर किराँतीलाई खबर गर्न खोज्दा स्वीकार नभएपछि छेस्काम प्रहरी कार्यलयलाई खबर गरेको बताउनु भयो ।

प्रहरी कार्यलयसँगको सम्र्कपछि बल्ल लाशलाई उद्धार गरिएको बताउनु कुलुङले बताउनु भयो । यद्यपी अध्यक्ष बिकास कुलुङले समेत मेरो फोन उठाएन र खाशै चासो नै देखाएन भन्नु भयो । त्यसपछि आफूहरुले हेलिकम्टर बोलाई सकेको पनि अन्तिम्मा उनीहरुले क्यान्सल गर्न लगाएको आरोप लगाउनु भयो ।

यसरी हेलिकप्टरलाई क्यान्सल गरेपछि स्थानीय सरकार र जुन हेलिकप्टर क्यान्सिल गर्ने साथिहरु प्रती साच्चै नै मर्दापर्दा पनि उनिहरुलाइ फाइदानै चाहिने रहेछ भन्ने महसुस गरे भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्