लुक्लामा हेलिकप्टर ठोकिदा पंखामा पुग्यो क्षती
![](https://www.kalakhabar.com/wp-content/uploads/2018/10/helicopter-jumla_20181022073329.jpg)
कलाखबर संवाददाता,५,कात्तिक–काठमाण्डौं । सोलुखुम्बुको लुक्ला विमानस्थलस्थित हेलिप्याडमा एयर डाइनेष्टी र माउन्टेन हेलिकप्टर ठोकिएको छ। बिहान ११ः४० बजे एअर डाइनेस्टीको हेलिकप्टर टेकअप हुने क्रममा ठोकिएको हो । हेलिप्याडमा बसी रहेको विथ्री मोडलको नाइन एन एके बी को माउण्टेन हेलिकप्टरमा ठोकिदा क्षति पुगेको पंखामा क्षती पुगेको छ ।
माउण्टेन हेलिकप्टरको पंखा चर्केर काम नलाग्ने अवस्थामा छ भने पछाडि प्वाल परेको स्थानीयबासी टासी शेर्पाले बताए। हेलिप्याड साँघुरो भएकाले टेकअप हुँदा हावाले पंखा घुमेपछि क्षति पुगेको प्रत्यक्षदर्शी समेत रहेका शेर्पाले बताए। दुईवटा साँघुरो बारीमा नागरिक उड्यान प्राधिकरणले पाँच वटासम्म हेलिकप्टर एकै पटक अवतरण गर्ने अनुमति दिएको छ।
नागरिक उड्यान प्राधिकरणको लापरवाहीका कारण हेलिकप्टर दुर्घटना भएको स्थानीयको आरोप छ। खुम्बु क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग भएकाले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दैनिक जहाज र हेलिकप्टर गरी एक सय २५ र मासिक दुई हजार पाँच सय १४ वटासम्म उडान हुने गरेको प्राधिकरणको तथ्याङ्क छ।
हेलिकप्टरले एक सय २० वटासम्म उडान गर्ने गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। उडान गर्न जहाजलाई भू–वनावट अप्ठ्यारो, धावनमार्गको छोटो, चौडा कम, एक तर्फीबाट मात्र अवतरण गर्न सकिने, चाँडै मौसम परिर्वतन हुने र जहाज पार्किङ समस्या भएकाले दुर्घटना बढी हुने गरेको विमानस्थल स्रोतको भनाई छ।