Logo

युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी


कलाखबर संवाददाता,३१,असोज – काठमाडौं स् बुधबार केही घण्टा युट्युब भिडियो वेबसाइट ठप्प भएको छ । बिहान युट्युबको सर्भर पुरै विश्वभर ठप्प भए भएपछि धेरैमा चिन्ता छाएको थियो । सबै युटयूब च्यानल खोलेर हेर्दा ईरर देखाउथ्यो । लाग्थ्यो सबैले आ–आफ्नो च्यानल उडयो ।

कुनै पनि देशका इन्टरनेट प्रयोगकर्ताले आफ्नोदेशमा यस साइटबाट भिडियो हेर्न पाएनन् । यस क्रममा युट्यूबको वेबसाइट खोल्दा कित इरर भनेको थियो कित भिडियो प्ले हुन मानेको थिएन । अचनाक सबै सर्भर किन यस्तो भयो ? यसको ठोस जानकारी भने आएको छैन , तर सूचना पाएपछि एक्कासी कम्पनीले टवीटमार्फट आम माफी मागेका थिए ।

युट्यूबले ट्वीट गरेर भनेको छ, हामी पुनस् आएका छौं तपाईंको धैर्यका लागि धन्यवाद। यदि तपाईंलाई अझै समस्या छ भने खबर गर्नुहोस । यसभन्दा पहिले युट्युब डाउन हुँदा उसले ट्विट गरेको थियो । युट्यूब टीभी र युट्यूब म्यूजिकु चलिरहेको छैन । उसले चाँडै यो समस्या समाधान हुने जानकारी गराएको थियो ।

तर युट्युब बन्द हुनुपछिको कारणबारे केही पत्ता लागेको छैन । दुनियाँभरमा युट्यूब डाउन भएलगत्तै सामाजिक सञ्जालमा #YouTubeDOWN नामबाट एक ट्रेन्ड बन्यो । कयौं मानिसले यसको स्क्रीनशट्स समेत गरेर सेयर गरेका छन् । कोही भने नराम्रैसँग झस्केका पनि थिए ।

प्रतिक्रिया दिनुहोस्