Logo

मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान


कलाखबर संवाददाता,असोज,३०–काठमाण्डौं । मेची महाकाली रोधीघरले दशै बिशेष कार्यक्रमको आयोजना गरेको छ । नेपालीहरुको महान चाड बिजया दशमीको उपलक्षमा सोमबार धारा गल्लि नयाँ बजार आफ्नै कार्यलमा सो कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा मेचीमहाकाली फेमेली रोधीघर र कलाकार तथा कर्मचारीहरु बीच आपसमा खुशीयाली एवम् शुभकामना आदनप्रदान गरिएका थिए । रोघीघरका प्रवन्ध निर्देशक सुरेन्द ठकुरी तथा ,सञ्चालिका सुनिता लामाले सबैजनालाई टिका लगाउदै आशिर्बाद र दक्षिणा दिएका थिए ।

शुभकामनासँगै रोधीघरका कलाकारहरुले रोचक प्रस्तुति देखाएका थिए । यो रोधीघरले हरेक पर्वमा नै विशेष कार्यक्रम गर्दै आई रहेको छ । सुन्दर शान्त अनि रमणीय वातावरणमा स्थापित रोधीघर आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको छ ।

मनोरञ्जनका पारखीहरु यो रोधीघरमा झुम्मिने गर्छन् । कलाकारहरुको रोचक र मन छुने प्रस्तुति देखेर ग्रहकहरु मख्ख हुने गर्छन् । लोक पारखी मनहरुको रोजाई अनुसारको गीत गाई दिए बापत ग्राहकहरुले मनग्य टिपस दिने गर्छन ।

दशैको खुशीयालीसँगै रोधीघरले आफ्नो शुभेच्छुक, ग्राहक तथा सबै कर्मचारीहरुलाई पाटी समेत खुवाएका थिए । रमणीय परिवारिक वातावरणमा स्थापित यो रोधीघरमा सामान्य पाटी,ब्रतवन्ध, जन्मत्सव तथा आन्य कार्यक्रमहरुको लागी समेत राम्रो हलको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्