छक्का पञ्जा ३ ले फेरि नयाँ किर्तीमान कायम गर्दै

कलाखबर संवाददाता,२८,असोज–काठमाडौं । घटस्थापनाको अवसर पारेर गत बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा ३’ले सबै हाउस फुल भएको थियो । शुक्रबार मात्र नयाँ चलचित्र रिलिज गर्ने परम्परा भएपनि घटस्थापनाको विषेश दिनको अवसर पारेर चलचित्र प्रदर्शनमा आएको हो ।
एकल रिलिजको अवसर पाएको यो चलचित्रले प्रदर्शनकै दिन राम्रो ओपनिङ गर्न सफल भएको थियो । छक्का पन्जा ३’ले यस अगाडिका चलचित्रले बनाएको इनिसियल ब्यवसायको रेकर्ड तोड्न सफल भएको बितरकको भनाई रहेको छ । लागेकै दिन अत्याधिक दर्शक पाएपनि दोस्रो र तेस्रो दिन अर्थात बिहिबार र शुक्रबार ठिकठिकै दर्शक पाएको थियो ।
तर शनिबार भने यसले देशभर राम्रो दर्शक पाएको छ । उक्त चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । शनिबार देशभरका अधिकांश चलचित्र भवन दर्शकले हाउसफुल भएको निर्देशक दीपाले बताइन् । आफूले दर्शकको चाहना जहिले पनि चलचित्रमा समेट्ने गरेको बताएकी दीपाले दर्शकको भरोसा चलचित्रले नतोडेको सुनाइन् ।
उनले थपिन् ‘छक्का पन्जा ३’ले उठाएको बिषय बस्तु राम्रो भएको कारण पनि दर्शक दिन प्रतिदिन बढ्ने बिश्वास हाम्रो टिमको छ भन्नु भयो । दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रको बिषयबस्तुलाई समिक्षकले पनि तारिफ गरेका छन् ।
यस अगाडि बनेका ‘छक्का पन्जा’को रिलिज भन्दा अहिलेको धेरै राम्रो भएको समिक्षकको भनाई रहेको छ । सर्वसाधारणदेखि कलाकर्मीसम्म ‘छक्का पन्जा ३’ हेर्ने प्राय सबैले सामाजिक संजालमा आफुलाई चलचित्र मनपरेको प्रतिक्रिया दिएको देख्न सकिन्छ । छक्का पन्जा’ आफैमा एउटा ब्रांन्ड पनि हो ।
यो चलचित्रको ‘पहिलो नम्बरमा’ बोलको गीत समेत रोजाईमा परेको छ । गीत र विषय बस्तुले गर्दा चलचित्र दर्शकको रोजाइमा पर्न सफल भएको कलाकार निर्माता दिपकराज गिरी बताउँछन् । स्वस्तिमा खड्का र वर्षा राउत चलचित्रको अतिथि भूमिकामा छन् । दीपा र दीपककै लगानी रहेको चलचित्रमा पुरुषोत्तम प्रधानले खिचेका हुन् ।