Logo

मेची महाकाली रोधी घरले गायक तथा कलाकार राजेश के.सी.को जन्मत्सव मनाए


कलाखबर संवाददाता,२६, असोज–काठमाण्डौं । मेची महाकाली फेमिली रोधी घरले आफ्नै कलाकार तथा गायक राजेश के.सी.को शुभ जन्मत्सव भव्य र उल्लाशका साथ मनाएको छ ।

सो अवसरमा एक आपसमा दशै बिशेष शुभकामना समेत आदनप्रदान गरिएका थिए । बुधबार धारा घल्ली नया बजार स्थित रोधी घरमा आयोजित सो कार्यक्रममा के.सी.लाई शुभकामना तथा

बधाई दिन आफन्तजन तथा शुभ–चिन्तकहरुको बाक्लो उपस्थिति रहेका थिए । आफ्नो २५ औ जन्मत्सवको आवसरमा गायक के.सी.ले केक काटेर बाँडेका थिए । मेची महाकाली रोधीघरका सम्पूर्ण कलाकारहरुमा निकै हौशला र उल्लाश छाएका थिए ।

के.सी. लाई रोधीघरका सम्पूर्ण परिवार तथा शुभ चिन्तकहरुले माला खदा तथा उपहार दिएका थिए । विभिन्न परिकारहरुको साथमा रोधी घरका कलाकारहरुले रमाईलो साँगीतिक प्रस्तुतिहरु पस्केका थिए ।

शान्त तथा एक परिवारिक वातावरणमा बनेका मेची महाकाली रोधी घरले सबैको रोजाईमा पर्न सफल भएको छ । गत बैशाख महिना देखि यो रोधी घरले हरेक शनिबार दिवा सेवा समेत सञ्चालन गर्दै आई रहेको छ ।

करिब दुई जनाको हाराहारीमा अटाउन सक्ने हल समेत भएको यो रोधी घरमा विभिन्न जन्मत्सव, व्रतवन्ध, अन्तरक्रियात्मक कार्यक्रम तथा अन्य साधारण पाटी समेत गर्न सकिने म्यानेजर भीम राईले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्