Logo

छक्का पन्जा–३ को युनिट हास्यटेलिश्रृँखला भद्रगोलमा


 

कलाखबर संवाददाता,२०,असोज–काठमाडौं । बिहिबार नेपाल आइडलमा ‘सेलिब्रेटी गेष्ट’को रुपमा पुगेको चलचित्र ‘छक्का पन्जा ३’ युनिट हास्य टेलिश्रृंखला ‘भद्रगोल’ मा पनि देखिएको छ ।

घटस्थापनाबाट प्रदर्शनमा आउने ‘छक्का पन्जा–३’ को प्रचारका लागि यसका निर्माता रनिर्देशक कलाकार दिपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे ‘भद्रगोल’मा देखिएका हुन् ।

‘भद्रगोल’को शुक्रबारको एपिसोडमा दिपक र दीपाको अलवा केदार घिमिरे ‘माग्ने बुढा’को समेत अभिनय रहनेछ । ‘चलचित्रको प्रचारको लागि भएपनि सानो पर्दामा फर्किदा छुट्टै अनुभूति हुँदोरहेछ’ निर्देशक दीपाले भनिन् ‘उदेश्य जे भएपनि दर्शकका लागि यो एपिसोड नौलो स्वाद पनि हुनेछ ।’

त्यसो त यतिबेला ‘छक्का पन्जा–३’ ले प्रचारका लागि विभिन्न कन्सर्टको समेत आयोजना गरिरहेको छ । बिहिबार लखनखेलको बसपार्कमा आयोजना भएको कन्सर्ट आज शुक्रबार चाबहिलमा आयोजना गरिएको छ ।

कन्सर्टमा चलचित्रका मुख्य कलाकार केदार घिमिरे, जितु नेपाल, निर्देशक दीपाश्री निरौला र गायिका एन्जिला रेग्मी, अभिनेत्री दीपिका प्रसाई लगायत सहभागी थिए ।
कन्सर्टमा यो टोलीले दर्शकका लागि बिभिन्न मनोरञ्जनात्मक प्याकेज पस्कनुका साथै चलचित्र हेरिदिन दर्शकलाई अनुरोध समेत गरेका थिए । यो युनिटले भक्तपुरको गठ्ठाघर र काठमाडौको कोटेश्वरमा पनि कन्सर्ट आयोजना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्