छोटो समयमा उच्च शिखर चुम्न सफल गायीका रश्मी राई

कलाखबर संवाददाता,१९,असोज–काठमाडौँ, । खोटाङ जिल्लाको जन्ते ढुङ्गा गाँउ पालीका ४ मा जन्मेकी गायीका रश्मी राई छोटो समयको अन्तरालमा नै सफलताको शिखर चुम्न सफल भएकी छिन् ।
केही समयदेखि मात्र गीत सँगीतमा लागेकी हुन् उनी । सुमधुर स्वर र आवाजकी धनी गायीकाले आफ्नो वाल्यकालीन अवस्थादेखि नै गीत सँगीतमा रुची रहेको बताइन् ।
उनी सानैमा छदाँ औधी प्रकृति प्रेमी, समुहमा रमाउने तथा मायालु स्वभावको रहेको समेत कलाखबरलाई बताईन् ।आफू सानो छदाँ गायक राजेश पायल राईको गीत सुन्ने गरेको र जसले गर्दा गीत सँगीतमा लाग्छु भन्ने पे्ररणा मिलेको बताउछिन् ।
२०७४ सालबाट मात्र गीत सँगीत रेकर्ड गर्ने तिर लागेकी गायीका छोटो समयमा नै करिब एक दर्जन भन्दा बढी गीत गाउन सफल भएकी छिन् । आफू सबैसँग मिलनसार र छिटो गुलमिल हुने शैली भएकोले सबैले अवसर दिएको बताउछिन् ।
उनको गायीका रश्मी राई भनेर चिनाउने पहिलो गीत एक दुई तीन भन्दै मायाको गन्ति सुरु भयो उनको पहिलो गीत हुन् । गायीका राईले नेपाली, बान्तावा,कोयु र चाम्लिङ गरि चार वटा भाषामा गीत गाई सकेका छन् ।
गीत सँगीत क्षेत्र पैसा कमाउने मात्र नभएर, मुख्य गरि आफ्नो उद्देश्यको बिषय रहेको उनी सुनाउछिन् । तर परिश्रम र मेहिनत गरेका यसमा भविष्य पनि राम्रा रहेको गायीका राई बताउछिन् ।
यतिखेर उनी गीत सँगीत रेकर्ड गर्नमा ब्यस्त छिन् । यो क्षेत्रमा आउनका लागी आफ्नो परिवारको पनि राम्रो सर्पोट रहेको उनी सुनाउछिन् । ए है धराने सहरको भानु चोकैमा, भेटौन कान्छा मेलैमा,जलेको छ, मेरो मुटु छियाँ छियाँ पार्छौ किन ?
ए है हो सोल्टी ज्यू,नाकैमा टल्कीने झम्केफूली,वरको छायाँले,मर्नु न बाच्नु पर्यो है मायाले जस्ता उनका अब आउन लागेको नयाँ गीतहरु हुन् । गायीका राईले आफूलाई धेरै आई लभ यू भन्नेहरु आएको तर आफ्नो मनको भावना नबुझ्नेहरु मात्र भएको यसरी खुलासा गरिन् ।
बिवाह भने आफ््नो करिअर पूरा भएपछि मात्र गर्ने दावी गरिन् । तलको भिडियोमा हेर्नु होला ।