द्वन्ध पिडित वालवालिकाहरुको सहयोगमा सांसद सुनुवार जुटे
कलाखबर संवाददाता,३,असोज—काठमाडौं । राजकुमार मगरको ‘सुनकोशिको पुल’ नामक लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुरज थापा र सिता माझीको स्वर रहेको उक्त गीतलाई व्यवस्थापिका सांसद यज्ञराज सुनुवारले सार्वजनिक गरेका हुन । उक्त बिमोचन कार्यक्रम मनमैजु स्थित एकीकृत सृजनशील समाजको हलमा भएको थियो ।
सो अवसरमा सांसद सुनुवारले विगत लामो समय देखि द्धन्द पिडित वालवालिकाहरुको संरक्षण र शिक्ष दिक्षको व्यवस्थापन गर्दै आएको एकीकृत सृजनशील समाजलाई रु ५००० पनि सहयोग प्रदान गरे । सबैलाई राम्रो संदेश दिन एकीकृत सृजनशिल समाजले महत्तो पूर्ण भूमिका खेल्न सहयोग गरेको सांसद सुनुवारले बताए ।
एकीकृत सृजनशील समाजले विगत लामो समयदेखि द्धन्द पिडित वालवालिकाहरुलाई विभिद सहयोगी मनहरुबाट संकलित रकमले संचालित उक्त समाजले हाल नेपालका १२ भन्दा बढी जिल्लाका ४५ जना पिडित वालवालिकाहरुलाई आश्रय दिदैं आएको उक्त समाजका उपाध्यक्ष तथा वालगृह इन्चार्ज भिम कुमार रोक्काले बताए ।