Logo

अज्ञात समुहद्वारा गोली चल्दा एकजनाको ज्यान गयो, प्रहरी जवान घाइटे


 

कलाखबर संवाददाता,४,असोज—सुनसरी । सुनसरीको हरिनगर गाउँपालीकामा गोलि चल्दा एकजनाको ज्यान गएको छ । सो घटनास्थलमा एक जना प्रहरी घाइते भएको समेत स्थानीयहरुले बताएका छन् ।

स्थानीयहरुका अनुसार ११स्४५ बजेको समय भारतीय नम्बर प्लेटमा सवार आएका दुईजनाले गोलि चलाउदा स्थानीय खुर्शिद आलमको घटनास्थलमै ज्यान गएको हो भने प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते भएका हुन ।

उनलाई उपचारको लागि बिराटनगरको एक अस्पताल पठाएको छ । यसबारे थप अनुसन्धान भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्