Logo

महिला नौमति बाजा समुहले यसरी आफ्नो प्रतिभा पर्दशन गरे( भिडियो सहित )


कलाखबर संवाददाता,३,असोज—काठमाण्डौं । महिला नौमति बाजा समुहले मंगलबार बालाजु मन्दिरमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । सबै महिला नै महिला हातमा सनाई, नसिङगा,ढोल झयाँम्टा, लगायतका विभिन्न नौमति बाजा लिएर यी समुह पर्दशनमा उत्रिएका थिए । यो कुनै किसिम्को विरोध प्रदर्शन नभएर खाली आफ्नै मौलिक महिचानको प्रर्दशन थियो ।

अहिले यस किसिमको बाजा तथा सँस्कृति लोप हुँदै गएको छ । यस किसिमको बाजा विशेष गरि स्वागत सत्कार, बिवाह, ब्रतवन्ध तथा अन्य शुभकार्यमा प्रयोग गर्ने गरिन्छ । हराउदै गएको नेपाली मौलिक सँस्कृति बचाउसँगै महिलाहरुको क्षमता र प्रतिभा प्रस्फुटन गरि आत्मनिभर एवम् स्वालम्बी बन्नका लागी यो समुह निमार्ण गरिएको प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुख जानुका पौडेलले बताईन् ।

आठमार्च स—शक्तिकरण मञ्चद्वारा सञ्चालित यो नौमति बाजा समुहमा जम्मा १२ जनाको समुह रहेको प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुख जानुका पौडेलले कलाखबरलाई जानकारी दिइन् । यो समुहका सबै महिलाहरु दक्ष र अनुभवी भई सकेको समेत पौडलले बताईन् । यो अभियानले अब कुनै पनि क्षेत्रमा महिलाहरु कमजोरी नभएको पुष्टि गरेको छ ।

महिला सशक्तिकरणसँगै अब कुनै पनि क्षेत्रमा महिलाहरु एक भएर अघि बढ्नु पर्ने धारणा समेत निर्देशक पौडेलले बताईन् । अब जस्तोसुकै समारोह, बिवाह,ब्रवन्ध,स्वागत तथा सबै किसिमको कार्यक्रममा समेत यो समुह सक्रिय रुपमा अगाडी बढी सकेको पौडेलले बताईन् ।

प्रतिक्रिया दिनुहोस्