Logo

विशिष्ट साधक पाँच स्रष्टालाई सम्मान


कलाखबर संवाददाता,२९,भाद्र—काठमाण्डौं । साहित्य जगतमा कलम चलाएर अमूल्य योगदान दिएबापत पाँच स्रष्टालाई सम्मान गरिएको छ । शनिबार हार्दिक होटलमा आयोजित कार्यक्रममा नेपाली  वाङमय परिषद ,नेपाली प्रतिभा प्रतिष्ठान, र जसराज किराँती प्रतिष्ठानले पाँच स्रष्टालाई सम्मान गरिएको हो ।

माला, खदा ,दोसल्ला र ताम्रा पत्र समेत वितरण गरि विशिष्ट साधक पाँच स्रष्टालाई सम्मान गरिएको हो । कार्यक्रममा बैराँगी काइँला,तुलसी दिवस,मञ्जल, जसराज किराँती, र तोया गुरुङ सम्मानित भएका थिए । सम्मानित सबै कविहरुले आफ्नो चर्चित कविता समेत वाचन गरेका थिए ।

सबै कविहरुले ठटयौली र रमाइँलो पारामा आफ्नो प्रस्तुति दिई रहदा आमदर्शकहरुमा समेत हाँसोको फोहोरा छाएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति टंक प्रसाद उप्रेतीले मन्तब्य दिदै पाँचै जना विशिष्ट साधकहरुलाई शुभकामना तथा बधाई दिएका थिए ।

कविता पढ्नु भनेको सत्यताको पक्ष बोल्नु हो । त्यसैले आफ्नो स्वतन्त्र अभिब्यक्ति दिनका लागी सरकारले स्वतन्त्र छोड्नु पर्ने धारणा बैराँगी काइँलाले राख्नु भयो । कुनै साहित्य अनराँगीहरुको प्रतिभालाई सरकारले अंकुश लगाएमा साहित्य सृजना खुम्चेर जाने समेत काइँलाले बताउनु भयो ।

वरिष्ठ साहित्यकार तुलसी दिवसले राणाकाल र पञ्च्यातकालमा कयौ साहित्यकार , पत्रकारहरुले लेख रचना लेखेको कारण बन्देज मात्र होइन ज्यानै गुमाउनु परेको स्मरण गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्