मेची महाकाली फेमिली रोधीघरमा तीजको छमछमी, एक सयजना कलाकार र आफन्तलाई दर खुवाइयो

कलाखबर संवाददाता, २८, भदाौं —काठमाण्डौं । हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा मेचीमहाली फेमिली रोधीघरले दर खुवाउने कार्यक्रम राखेको थियो ।
सोमबार आयोजित कार्यक्रममा आफन्तजन तथा कलाकार गरि करिब एक सयजनाले मेची महाकाली फेमेली रोधीघरमा दर खाने कार्यक्रमसँगै मनोरञ्जनको नयाँ स्वाद चाखेका थिए ।
राजधानीका विभिन्न ठाउँहरुमा रोधीहरु थुप्रै छन् । जसमध्ये छुट्टै विशेषता र पहिचान बोकेको मेचीमहाकाली रोधीघर एक हो । जहाँ करिब २५० जना अटाउन सक्ने एसी सहितको राम्रो हलको पनि व्यावस्था छ ।
आनन्द र सुमधुर परिवारिक वातावरणमा रोधी भाकामा रमाउन विभिन्न ठाउँबाट गीत सँगीत प्रेमीहरु आउने गर्छन् । व्यावस्थापन पक्ष र कर्मचारीहरुको असल व्यवहार र रोधीघरका कलाकारहरुले दिने माया नै ग्रहकहरुको रोजाई र आर्कष भएको ग्राहकहरुले बताए ।
यो रोधी घरले रात्रीकालीन सेवा मात्रै नभए केही समय यता हरेक शनिबार ३ बजेबाट दिवा सेवा समेत दिदै आएको म्यानेजर भीम राईले बताए ।
साथै विभिन्न पाटी, जन्म दिवस, तथा अन्य कुनै कार्यक्रमको लागी समेत हलको व्यावस्था रहेको राईले कलाखबरलाई जानकारी दिए । १५ जना कलालाकारहरुले विभिन्न भाका तथा ग्राहकको माग अनुसार मनोरञ्नजन दिदै आइरहेका छन् ।