Logo

अनुगमनमा गएका टोलीहरु माथी तरकारी ब्यापारीले आक्रमणमा उत्रिए पछि पक्राउ


 

राजकुमार राई, ११, भदौ, काठमान्डौं । बल्खुस्थित तरकारी बजारमा सोमबार विहान अँध्यारोमै उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले छापा मारेको छ । सो क्रम्मा व्यापारीहरुले टोलीमाथि अभद्र व्यवहार गर्दै अवरोध सृजना गरेपछि एकजना व्यापारीलाईसमेत पक्राउ गरिएको छ ।

बिहान ४ बजे अध्याँरोमै विभागका टोलीहरु तरकारी बजारमा छापा मार्न पुगेका थिए ।
विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वको टोलीले छापा मारेको हो । टोलीले छापा मार्न खोज्दा व्यापारीले अवरोध गर्न खोजेपछि झडपको अवस्था उत्पन्न भएको थियो ।

अनुगमन गर्न पुगेको टोलीले प्रमाणित नगरेका ढक र तराजुहरु उठाएपछि तरकारी व्यापारीहरुले आक्रमण गरेको आपूर्ति मन्त्री मातृका प्रसाद यादवका जनसम्पर्क अधिकृत यज्ञराज पोखरेलले जानकारी दिए ।

यसअघि २०७३ असारमा पनि अनुगमनमा पुगेका तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनसहितको टोलीमाथि सोही ठाउँमा व्यापारी साहसहितले बन्दगोभी, ईट्टा, लौकालगायत तरकारीले हानेर आक्रमण गरेका थिए ।

सरकारी टोलीको अनुगमनका क्रममा बल्खु तरकारी बजार क्षेत्रका कुनै पनि व्यापारीले व्यवसाय दर्ता नगरेको भेटिएको छ । व्यापारीहरुसँग पान नम्बर समेत नरहेको अनुगमन टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्