सोफिया हयातका पूर्व श्रीमान् लण्डनबाट पक्राउ, अभिनेत्रीले लगाएकी थिइन् यस्ता आरोप

एजेन्सी

कलाखबर संवाददाता,८,भदौ । भारतीय अभिनेत्री सोफिया हयातका पूर्व श्रीमान् पक्राउ परेका छन् । सोफियाले आफ्ना पूर्व श्रीमानविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । स्पटब्वईका अनुसार उनलाई लण्डनस्थित एक परफ्युमको शोरुमबाट पक्राउ गरिएको हो ।

सोफियाले पूर्व श्रीमानले धोका दिएको भन्दै उनीसँग नाता ताडेको र घर निकाला गरेको जानकारी सोसल मिडियामार्फत दिएकी थिइन् ।
उनले विवाहको केही महिना पछि नै श्रीमानलाई शैतान बताउँदै पूर्व श्रीमान् भ्लाद पूर्ण रुपमा ऋणमा डुबेको र रकम असुल्नका लागि आफूलाई प्रयोग गरिरहेको बताएकी थिइन् ।

सोफियाले पुलिसमा मुद्दा दर्ता गरेपछि भ्लाद फरार भए ।स्मरण रहोस्, मोडलबाट नन  भिक्षुणी बनेकी बिग बसकी पूर्व प्रतियोगी सोफियाले आफूभन्दा १० वर्ष कान्छा इन्टेरियर डिजाइनर भ्लादसँग गत वर्ष विवाह गरेकी थिइन् । सोफियाले तनावका कारण बच्चालाई जन्म अगावै गुमाएको जानकारी पनि दिएकी थिइन् ।