विद्युत प्राधिकरणको लापर्वाहीले पोलमा आगलागी

कलाखबर संवाददाता,५,भदौ—काठमाडौं– राजधानीको पुतलीसडक चोकमा रहेको विद्युत पोलमा आगलागी भएको छ । अव्यवस्थित रुपमा टाँगिएको तारमा करेन्ट सर्ट भएर आगलागी भएको हो ।
आगलागीका कारण केहीबेर सो क्षेत्रको यातायात प्रभावित भएको थियो । यात्रुहरुको विचल्लीसँगै केहिबेर विद्युत आपूर्ती समेत बन्द भएको थियो। केहिबेर पछि दमकल आएर आगो निभाइएको छ ।
राजधानीमा यत्रतत्र टाँगिएका अव्यवस्थित तारका कारण करेन्ट सर्ट भएर बेलाबेलामा आगलागीका घटना हुँदै आएका छन् । सिंहदरबार परिसरमा प्रत्येक महिना नै तार सर्ड भएर आगो लाग्ने गर्दछ ।