Logo

अविरल वर्षाका कारण वाढीले वगाउँदा एक को ज्यान गयो


कलाखबर संवाददाता,३०,साउन-जाजरकोट । अविरल वर्षाका कारण आएको वाढीले वगाउँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ । बाढीले करोडौं को क्षति समेत गरेको छ । नलगाड नगरपालिका ७ दानीपिपल स्थित खोलामा आएको वाढीले वगाउँदा स्थानीय ३८ वर्षीय उमेस शाहीको ज्यान गएको प्रहरी स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रविन्द्र वहादुर सिंहका अनुसार खोलाबाट दाउरा निकाल्ने क्रममा शाहीको ज्यान गएको हो । यस्तै मंगलवार राति देखि परेको भारी वर्षाका कारण सोहि नगरपालिकाको वडा नम्वर ३, ४ र ५ मा पर्ने कैना र झुप्रा खोलामा आएको वाढीले करोडौं मुल्य वरावरको क्षति समेत गरेको छ।

खोलाको वाढीले एक दर्जन वढी स्थानीयका घरहरु, दुइवटा पुलहरु, दुइवटा काठेपुल , तीन वटा ठुला मिलहरु र एक दर्जन वढी घट्टहरु, दर्जन वढी घुम्तीहरु, केहि पसलहरु वगाएको स्थानीय हासीलाल पन्तले वताए। उनका अनुसार तीन वडाका जनताहरुले आवातजावत गर्ने झोलुंगे पुल तथा नलगाड नगरपालिकाको मुख्य वजारमा प्रवेस गर्ने कालीमाटी स्थित ट्रस व्रीज वगाउँदा नगरपालिका प्रवेस गर्ने सवै वाटोहरु अवरुद्ध भएका छन्।

नलगाड नगरपालिकाका मेयर टेकवहादुर रावले वाढीवाट क्षति व्यहोरेका जनताको सहयोगका लागि आफुले केन्द्र सरकार र जिल्लाका सांसदहरुसँग समन्वय गरिरहेको वताए। वाढीमा वग्दै गरेका घर पसलहरुवाट स्थानीयहरुका सामाग्रीहरु जोगाउन र जनतालाइ सुरक्षित स्थानमा लैजानका लागि आफुहरुले पहल गरिहेको मेयर रावलले नागरिकलाइ वताए।

यस्तै प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले नलगाडमा आएको वाढीले ठुलो क्षति पुर्‍याएको वताए। उनले वाढीले पुर्‍याएको क्षतिको विवरण पुरै आएपछि जनतालाइ सहयोग गर्ने वारे जिल्ला दैवीप्रकोप उद्दार समितिको वैठक वसेर आवस्यक निर्णय गरिने वताए। यस अघि वर्षातकै कारण आएको पहिरोले सदरमुकाम खलंगामा गत हप्ताको आइतवार ९ जनाको ज्यान गएको थियो भने दुइ घर पुरिएका थिए।

प्रतिक्रिया दिनुहोस्