Logo

नुवाकोटमा बस दुर्घटना ,५७ जना गम्भिर घाइटे


कलाखबर संवाददाता, ३०,साउन–नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना भएको छ । सो दुर्घटनामा ५७ जना यात्रु घाइते भएका छन् । बुङताङबाट त्रिशुली आउँदै गरेको बा २ ख २८०४ नम्बरको बस बालुवा बोकेको मिनिट्रकलाई बाटो दिएर अघि बढ्ने क्रममा दुर्घटना भएको हो ।

घाइते ८ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुलीबाट थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख बसन्तबहादुर कुंवरले बताए।

काठमाडौँ उपचारको लागि पठाइएको घाइतेहरुमा घिसिङ तामाङ, वीरबहादुर विक, होमबहादुर लामा, प्रेमसिंङ तामाङ, विवामायाँ घले, पूर्ण लामा, उत्तम तामाङ र मङगली रहेका छन्।

घाइते अन्यको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ।अन्य घाइतेहरुमा ४० जना पुरुष र १७ जना महिला रहेका छन्। घाइते हुनेमा अधिकांश बुङताङ, साल्मे र देउराली यात्रुहरु रहेका छन्।

बुङताङबाट विहान ८ बजे यात्रु लिएर हिडेको बस ९ स्४५ बजेको समयमा लामाटार आइपुग्दा दुर्घटना भएको बसधनी बुङताङका मानबहादुर तामाङले बताए। सडकबाट करिब ५० मिटर तल खसेको बस समेत क्षतविक्षत भएको प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्