Logo

गायीका शान्ता घर्ती मगरको दशै तिहार सँगै मनाउला गीतको म्यूजिक भिडियो छाँयाङकन


कलाखबर संवाददाता,२९,भक्तपुर । गायीका शान्ता मगरले नेपाली सँस्कृति झल्काउने दशै तिहार सँगै मनाउला बोल्को म्यूजिक भिडियो बजारमा ल्याउने भएकी छिन् । सुरेश सि. एन. घयलको शब्द संगीत तथा टंक कुमाकेको एरेञ्ज रहेको गीतमा गायीका शान्ता घर्ती मगरले स्वर बद्ध गरेकी छिन् ।

साहारा फिल्मस एण्ड ईन्टरटेन्टमेन्टको प्रस्तुतिमा जून गीतको म्यूजिक भिडियो आईताबार भक्तपुर स्थित तर्खगालमा छाँयाङ्कन गरिएको छ । निकै अनुभबी कलाकार तथा निदेर्शक शिवम पोख्रेलको निर्देशनमा रहेको यो गीतमा चर्चित कलाकारहरु कल्याण राई, गोविन्द न्योपाने, आशिर प्रताप जङ्ग, शान्ता घर्ती मगर ,रेखा गोटामे लगायतले अभिनय गरेका छन् ।

नेपाली कला सँस्कृति तथा विशेष गरि दशै तिहार पर्वलाईं समेटीएको यो सुमधुर गीतको भिडियोलाई अजय रेग्मीले छँयाकन गरेका छन् । गीत निकै मार्मिक र मर्मस्पर्शी भएको तथा गाँउ बस्ती एवम् प्रकृतिसँग केही मेल खाएकोले कथा वस्तु अनुसार यो सुन्दर प्रकृतिको काख तर्खगालमा छाँयाकन गरिएको निर्देशक शिवम पोख्रेलले बताउनु भयो ।

मौसमले साथ नदिए पनि गीतको मर्म अनि कथा वस्तु अनुसार उपयुक्त वातावरण मिलेकोले यो भिडियो जहाँसम्म राम्रो हुने समेत उहाँले बताउनु भयो । डोको ,नामलो , हशिया अनि नेपाली सँस्कृतिमा आधारित पहिरणमा सजिएर यो सुटिङ गर्दै गर्दा गाँउ घरको झल्को आएको गायीका शान्ता घर्ति मगरले बताउनु भयो ।

यो गीतमा नेपाली कला सँस्कृति र मौलिकता तथा यसले वास्वविक सन्देश समेत उजाघर गरेकोले आम दर्शकको मन छुन सक्ने गायीकाको भनाई थियो । सँस्कृति मुलक गीतमा अभिनय गर्न पाउदा गाँउघरको सम्झना आएको मोडल रेखा गोटामेले बताउनु भयो ।

साथै यो गीतमा श्रीमती र छोराछोरी छोडेर विदेशमा पसिना बगाउन गएका श्रीमान दशैतिहार जस्तो महान पर्वमा पनि फर्कन नसेको पिडा र यथार्थता समेतिएको छ । महान चाडपर्वको बेला पनि विदेशमा पसिना बगाई रहेका श्रीमानलाई समझेर एकलै छटपतिनु परेको सम्झना गर्दै सँगै दशै तिहार मनाउन स्वदेश फर्कन यो गीतमा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्