अव हरिवंशको जोडी निरुता

कलाखवर सम्वाददाता, श्रावण २७ -छायांकन अगावै चलचित्र ‘दाल भात तरकारी’ कलाकारका कारण चर्चामा छ । यो चलचित्रमा नायिका स्वस्तिमा खड्का र नायक पुष्पल खड्का फाइनल भैसकेका छन् ।
मह संचारको प्रस्तुतीमा किरण केसीले निर्माण गर्न लागेको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पुष्पल खड्का, स्वस्तिमा खड्का, किरण केसी, शिवहरि पौडेल, विल्सन विक्रम राई लगायतका कलाकार रहने पक्का भएको छ ।यसैबीच, यो चलचित्रमा नायिका निरुता सिंहको इन्ट्री भएको छ । उनी हरिवंश आचार्यको जोडीको रुपमा पर्दामा देखिनेछिन् । मुम्बईमा बस्दै आएकी निरुताले केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै राम्रो व्यानरबाट अफर आए नेपाली फिल्ममा अभिनय गर्ने बताएकी थिइन् ।
बुझिएअनुसार, यो चलचित्रका लागि नायिका मनिषा कोइरालालाई अफर गरिएको थियो ।तर, हाल मुम्बईमा रहेकी मनिषाले अफर अस्वीकार गरेकी थिएन् । उनी बअहिले बलिउडमै व्यस्त छिन् । मनिषाले अस्वीकार गरेपछि सोही भूमिका निरुतालाई अफर गरिएको हो ।