Logo

‘रातै छ चोली’ को भिडियो सार्वजनिक


कलाखवर सम्वाददाता, श्रावण २७ -गायक तथा संगीतकार उज्वल थेबे लिम्बूको पछिल्लो गीत ‘रातै छ चोली’को भिडियो सार्वजनिक भएको छ । गीतको शीर्षक सुन्दा तीज गीत जस्तो लागेपनि ‘रातै छ चोली’ डान्सिङ लोक फ्लेवरको गीत हो । उज्वलले यसपटक फरक स्वाद पस्कन डान्सिङ शैलीको गीत ल्याएको बताए ।

नेपाली चलचित्रहरुमा समेत संगीत गर्दै आएका उज्वलको सार्वजनिक भएको ‘रातै छ चोली’मा शब्द तथा संगीत पनि उनैको रहेको छ । ‘रातै छ चोली’ गीतको भिडियोलाई राजेन्द्र थेबेले निर्माण गरेका हुन् । पेमा तामाङले निर्देशन गरेको उक्त गीतको भिडियोमा मोडल विशाल सेनेहाङ लिम्बू र सुस्मिता नाछिरिङ राईलाई फिचरिङ गरिएको छ । भिडियोमा विशाल र सुस्मिताको केमेस्ट्री जमेको छ । विशाल पछिल्लो समय मोडलिङ क्षेत्रमा चम्किँदै गरेका मोडल हुन् भने सुस्मिता पनि भिडियोमै व्यस्त हुँदै आएकी छन् । यस गीतले मोडलद्वयलाई थप चर्चामा ल्याउन सक्ने आँकलन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्