Logo

आदीबासी जनजाती महासंघले २४ औअन्तराष्ट्रीय दिवस मनाए, प्रमुख अतिथि प्रधान मन्त्रि केपी वली अनुपस्थित भएपछि खेदप्रकट


कलाखबर संवाददाता,२४,काठमाण्डौँ । आदीबासी जनजाती महासंघले बुधबार विश्वभरि आदीबासी जनजाती दिवस मनाएको छ । “अधिकार प्रतिनिधित्व र स्वयत्तता,स्वशासनका लागी आदीबासी जनजातीको अडान मानब पहिचान सहितको संघीयताका लागी संविधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ भब्य रुपमा यो दिवस मनाएको हो ।

२४ औ स्थापना दिवसको अवरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्न बोलाइएको बर्तमान प्रधानमन्त्रि केपी शर्मा वली अनुपस्ति भए पछि सम्पूर्ण आयोजक टिमले उनी माथी खेद प्रकट गरेका छन् । चन्द्रगीरिमा आठ–आठ घण्टा विताएर कविता लेख्ने समय हुने तर आदीबासी जनजातीहरुको

२४ औ विश्व स्थापना दिवस जस्तो महत्वपूर्ण कार्यक्रममा एक घण्टाको समय पनि दिन नसक्नु लज्जासपद र विडम्बना भएको गुरुङ समुदायका अध्यक्ष रेशम गुरुङले बताउनु भयो । साथै आदाबासी जनजातीहरुको हक अधिकारलाई कम्निष्टहरुले लादन खोजेको समेत उहाँले आरोप लगाउनु भयो ।

राज्यका सबै महत्पूर्ण ओद्धामा एउटै अनुहार भएका राष्ट्रपति, प्रधान मन्त्रि, सभामुख, प्रहरी अधिकृत,सेनापति, कानुनविद जब सम्म रहन्छ तब सम्म कुनै पनि अधिकार प्राप्त नहुने समेत गुरुङले बताउनु भयो ।  कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता राम चन्द्र पौडयालले मधेशवादी दलहरु सत्ताको लोभमा फस्दा पनि नेपालमा मधेशी जनताको मुक्ति सम्भव नभएको आरोप लगाउनु भयो ।

मधेशको विरोधी भनेर विरोध गर्नेहरु अहिले आएर प्रधानमन्त्री केपी ओलीसँग सत्ताका लागि लम्पसार परिरहेको समेत वरिष्ठ नेता पौडेलको आरोप थियो । काँग्रेस नेता पौडेलले आफ्नो पार्टी थोरै बोल्ने तर राम्रो काम गर्ने, कम्निष्टहरुको जस्तो हचुवा भाषण गरेर आश्वसन मात्र दिने पार्टी नभएको बताउनु भयो ।

आदिवासी जनजातिहरुको मुक्तिको नारा लगाउन नथाक्ने कम्युनिष्ट नेतृत्वको सरकारले के दियो भनि प्रश्न पनि गरे ।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले आदिवासी र मधेशीहरुलाई अधिकार प्राप्तीका लागि एकताबद्ध भएर अघि बढन आह्वान गरे । आदिवासी, जनजाति, मधेशीलगायतका जनताहरु एकतावद्ध नभएका कारण उनीहरुले उत्पीडन व्यहोर्नुपरेको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्